एकीकृत समाजवादीको अडानले देउवा–प्रचण्डलाई तनाव, अब निरिह भएर नबस्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सिफारिस गरिएका नयाँ मन्त्रीहरूलाई तत्काल शपथग्रहण गराउन आग्रह गरेको छ ।
शनिबार काठमाडौंमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले नयाँ मन्त्रीहरूलाई छिटो शपथ गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
उनले पार्टीको निर्णय कार्यान्वयनका लागि भएको ढिलाइलाई आफूहरूको अपमानको रुपमा बुझ्ने बताएका छन् ।
‘आजसमम्म हामीले जति प्रधानमन्त्रीलाई पर्खियौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पर्खियौं, तत्काल हाम्रा काम पूरा गर्नुहोस्’, उनले भने, ‘नयाँ मन्त्री शपथ ग्रहण गराउनुहोस्, अब ढिलो गर्नुभयो भने तपाईहरूले हामीलाई गरेको अपमान हो भन्ने सम्झिन्छौं ।’
उनले भने, ‘तपाईहरूले आन्तरिक तनाव व्यवस्थापन गर्न खोज्दा हाम्रो पार्टीमा खेल्न खोजेको हामीलाई लज्जित गर्न खोजेको जस्तो देखिएको छ ।’
खतिवडाले चेतावनी शैलीमा भने, ‘अब ढिलाइ गर्नुभयो भने त्यसपछिको कुरा त्यसपछि गरौंला ।’
एकीकृत समाजवादीले हालका मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
एकीकृत समाजवादीले हाल स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्यमन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।
एकीकृत समाजवादीले पुरानालाई फिर्ता बोलाएर नयाँ मन्त्रीलाई पठाउने निर्णय गरेको २१ दिन भएको छ ।
उनले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरूलाई नभएको बताएका छन् । खतिवडाले मन्त्रीहरूको नाममा पनि संशोधन नहुने स्पष्ट पारेका छन् ।
मन्त्री पद बचाउन चार मन्त्री र ६ सांसदले हस्ताक्षर समेत गरेका थिए । तर, एकीकृत समाजवादीको अडानपछि उनीहरू तनाबमा परेका छन् ।
यसैबीच, मन्त्री हेरफेरविरुद्ध उभिएका एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् ।
हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन् ।
उनीहरूले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘०७९–३–९ का दिन कमरेड अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे मागसहित दलको बैठक समेत बोलाइयोस् भनी पेश गरेको पत्रमा हामी तपशीलका सांसदको समेत हस्ताक्षर रहेकामा उक्त हस्ताक्षर फिर्ता लिएका छौं ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया