ओली र नक्कली राजकुमारबीच भेट, दुर्गा प्रसाइँले एमालेलाई फसाए

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग दुबईका राजपरिवारका सदस्य शेख मोहम्मद विन मुक्तोम बिन जुमा अल माक्तोमले भेट गरेका छन् ।

भक्तपुरको बालकोटस्थित निवासमा मंगलबार ओलीसँग माक्तोमले भेट गरेका हुन् । भेटमा के कुरा भएको केही भनिएको छैन ।

मेडिकल माफियाका रुपमा परिचित एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाइँको निम्तोमा काठमाडौं आएका माक्तोमलाई दुबईका राजकुमार भनेपछि विवाद भएको थियो । माक्तोम दुबईका राजकुमार नभई दुबईका राजपरिवारका सदस्य मात्रै हुन् र माक्तोमलाई नक्कली राजकुमार भनिएको छ ।

माक्तोमले एमालेका नेता प्रसाइँलाई सुनको लौरो ल्याइदिएका थिए । सुनको लौरोका आलोचना भएपछि प्रसाइँले सो लौरो नक्कली सुनको रहेको जनाएका थिए ।

Published : Tuesday, 2022 June 21, 5:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया