ओलीका नातीको चकित पर्ने हर्कत, कम्युनिस्टका यी नेताले सबैलाई यसरी उल्लु बनाए

काठमाडौं । गृह मन्त्रालयले दुबईका राजपरिवारका सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको सबै औपचारिक कार्यक्रम रोकेको छ ।

सरकारी संयन्त्रको जानकारीबिना औपचारिक कार्यक्रममा सहभागी भएको भन्दै उनी सहभागी हुने भनिएका कार्यक्रमहरूमा रोक लगाइएको हो ।

एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल ‘माफिया’ दुर्गा प्रसाइँको निमन्त्रणामा शेख नेपाल आएका थिए । काठमाडौं आउनेवित्तिकै शेखलाई एमालेका नेता प्रसाइँले झापा लगेका थिए ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले दुबईका राजपरिवार सदस्य शेखको पूर्वनिर्धारित कार्यक्रमहरूमा रोक लगाइएको बताएका छन् ।

परराष्ट्र मन्त्रालयले शेखको नेपाल भ्रमणबारे औपचारिक जानकारी नभएको जनाएको छ ।

शेख सहभागी कार्यक्रममा इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुँगमबहादुर कुँवर नेतृत्वको प्रहरी टोली सुरक्षार्थ खटिएको थियो ।

शेखले विमानस्थलमा उत्रिएलगत्तै एमालेका नेता प्रसाइँलाई सुनको जस्तो देखिने लौरो उपहार दिएका थिए ।

प्रसाइँको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले शेखले दिएको लौरो सुनको नभएको बताएका छन् ।

आइतबार र सोमबार उनले झापाको भद्रपुर नगरपालिका र कचनकबल गाउँपालिकामा मस्जिद शिलान्यास गर्ने कार्यक्रम थियो । उनले मुस्लिमका लागि विश्वविद्यालय शिलान्यास गर्ने कार्यक्रम पनि राखिएको थियो ।

प्रसाइँले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई ‘बाजे’ भन्ने गरेका छन् । प्रसाइँको हर्कतले ओली पनि छक्क परेको चर्चा छ ।

माओवादीका पूर्व नेता प्रसाइँले प्रचण्डलाई छाडेर पछिल्लो समय एमाले बनेर ओलीको भजन गाउने गरेका छन् ।

Published : Sunday, 2022 June 19, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया