देउवाले गृहमन्त्रीलाई दिएको निर्देशनले रामदेवको सातोपुत्लो उड्यो
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरी कारवाही गर्न निर्देशन दिएका छन् ।
तेलीले सर्वसाधारणसँग चर्को ब्याज लिएर दुःख दिने गरेको जानकारी पाएपछि प्रधानमन्त्री देउवाले कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका हुन् ।
देउवाले मिटरब्याजी तेलीलाई तत्काल पक्राउगरी अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएको निजी सचिवालयले जनाएको छ ।
तेलीले चर्को ब्याज लिएर सर्वसाधरणको उठिवास लगाउने गरेको गुनासो सर्वसाधारणले गरेका छन् ।
सोही विषयमा संसदमा समेत सांसदहरूले कारवाही गर्न माग गरेका छन् ।
सप्तरी जिल्ला मात्र नभई विभिन्न जिल्लाहरूमा पनि मिटर व्यवाजको समस्या छ । मिटर व्याजको काण्डले धेरैको घर बिग्रिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया