मन्त्री पद फुत्किन लागेपछि आलेले दिए निच अभिव्यक्ति, पार्टीभित्र खैलाबैला

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले फेरि आफ्नो पदीय आचरण विपरित अभिव्यक्ति दिएर आलोचित बनेका छन् ।

तीन दिन अगाडि काठमाडौंमा पशुपति क्षेत्र विकास कोषको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले निच अभिव्यक्ति दिएका हुन् । उनले आफ्नै पार्टी नेकपा (एकीकृत समाजवादी)का नेताहरूलाई ‘चिप्ले चोर’ भनेर आलोचना गरेका छन् ।

मन्त्री पद फुत्किन लागेपछि मन्त्री आलेले आफ्नै दलका नेताहरूलाई ‘चोर’ भनेर मनभित्रको भडास पोखेका छन् ।

मन्त्री आलेले भनेका छन्, ‘हाम्रै पार्टीभित्रका केही चिप्ले चोरहरू, चिप्ले किराहरू आलेले धेरै चलखेल गर्‍यो भनेर इन्टरभ्यु दिइराखेका छन् । मलाई कुनै मन्त्रीको लोभ छैन ।’

‘माधवकुमार नेपाललाई मन्त्रिमण्डल तोक्दाखेरी हामीलाई ६ महिनाको लागि तोकेको थियो । र, मैले त्यही बेला भनेको थिएँ । हामीले त ८ महिना खान पायौँ’, उनले भनेका छन् ।

‘दुई महिना त ग्रेस मार्क पाइसक्यौँ । अरु साथीलाई मौका दिने इच्छा छभने दिनुस् भनेर मैले सहमति पनि दिएँ’, उनले भने, ‘तर हाम्रै पार्टीभित्रका केही चिप्ले चोरहरू, चिप्ले किराहरू आलेले धेरै चलखेल ग¥यो भनेर इन्टरभ्यु दिइराखेका छन् । मलाई कुनै मन्त्रीको लोभ छैन ।

मन्त्री आलेको पार्टी एकीकृत समाजवादीले आफ्ना सबै मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको छ ।

पार्टीको निर्णयविरुद्ध रहेका आलेले गुटगत भेला र गतिविधि गरेर विद्रोहको असफल प्रयास गरेका छन् । आलेको हर्कतबाट पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरू रिसाएका छन् ।

मन्त्री पद फुत्किने भएपछि आलेले ‘मलाई मन्त्री पद चहिएको छैन’ भन्ने गरेका छन् । मन्त्री पद चाहिएको छैन भने किन पदमा टाँसिएर बसेका छन् ? राजीनामा किन दिँदैनन् । पार्टीले फिर्ता बोलाउने निर्णय गर्दा पनि किन असहयोग गरेर मन्त्री पदमा बसेका छन् ? प्रश्न उठेको छ ।

यसअघि मन्त्री आलेले पर्यटन बोर्डका कार्यकारी निर्देशक डा.धनञ्जय रेग्मीलाई सार्वजनिक कार्यक्रममा ‘साढे’ भनेर निच अभिव्यक्ति दिएका थिए । मन्त्री जस्तो व्यक्तिले आफ्नै विभागीय कर्मचारीलाई सार्वजनिक कार्यक्रममा साँढे भन्न पाइन्छ ? पाइँदैन ।

त्यति मात्रै कहाँ हो र ? मन्त्री आलेले एक जना युवकसँग फोनमा कुरा गर्दा उच्चारण नै गर्न नसक्ने अभिव्यक्ति दिएर आलोचित बनेका थिए । मन्त्री आलेले मा…मु… सबै शब्द बोलका छन् ।

आलेले दिएका अभिव्यक्ति अपमानजनक र निच भए पनि उनलाई कारबाही भएको छैन । मन्त्री जस्तो व्यक्ति मर्यादामा बस्नुपर्छ ।

निजी क्षेत्रका व्यापारीहरूविरुद्ध पनि उनले तल्लोस्तरको अभिव्यक्ति दिँदै आएका छन् । आलेका गतिविधि मन्त्रीको जस्तै छैन भनेर सामाजिक सञ्जालमा आलोचना भइरहेका छन् । कुनै दिन मन्त्री आलेविरुद्ध ‘विष्टफोट’ हुने गरेर केही कुरा बाहिरियो भने आश्चर्य नमाने पनि हुन्छ ।

मन्त्री आलेमा पछिल्लो समय पनि अभिव्यक्तिमा कुनै सुधार भएको छैन । उनले मन्त्रालयका उच्च कर्मचारीहरूलाई समथ सातो खाने गरेका छन् । तल्लो तहको अभिव्यक्तिबाट गालीगलौज गर्ने गर्ने गरेका छन् ।

दुई महिना अगाडि आलेले भारतीय अभिनेता सलमान खानसँग पदीय मर्यादा विपरित भिडियोमा कुरा गरेर आलोचित बनेका थिए । सलमानका भाई सोहिल खानले पनि मन्त्री आलेलाई खासै महत्व नदिएर सोफामा बसेको तस्वीर सार्वजनिक भएको थियो ।

Published : Friday, 2022 June 10, 10:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया