कर्णालीले पहिलो पटक पायो राजदूत, कांग्रेसले दियो शुभकामना र बधाइ

काठमाडौं । कर्णाली प्रदेशले पहिलो पटक राजदूत पद पाएको छ ।

डा.नरेशविक्रम ढकाललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा बिहीबार नियुक्त गरेसँगै कर्णालीले राजदूत पद पाएको हो ।

यसैबीच, नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले कर्णाली प्रदेशको भूमिबाट प्रथम राजदूत हुन सफल भएको भन्दै डा.ढकाललाई बधाइ दिएका छन् ।

खड्काले राजदूत डा.ढकाललाई कार्यकालको पूर्ण सफलताको शुभकामनासहित कर्णालीवासीको नाताले
गौरवको अनुभूति गरेको उल्लेख गरेका छन् ।

कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले डा.ढकाललाई राजदूत बनाएका हो ।

Published : Friday, 2022 June 10, 7:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया