लार्जुङको खोँचमा दुर्घटना अवस्थामा भेटियो तारा एयरको जहाज

काठमाडौं । हराइरहेको तारा एयरको ट्वीनटर जहाज दुर्घटनामा परेको पुष्टि भएको छ ।

मुस्ताङ जिल्लाको लेतेभन्दा अगाडि घाँसाको लार्जुङको खोँचमा जहाज दुर्घटना अवस्थामा फेला परेको नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिएका छन् ।

जहाजमा १९ जना यात्रु थिए । जहाज पोखराबाट मुस्ताङको जोमसोम उडेको १८ मिनटमा जहाज सम्पर्क बिहीन भएको प्रवक्ता कँडेलले बताए ।

जहाजलाई क्याप्टेन प्रभाकर घिमिरेले चलाएका थिए । घिमिरे निकै अनुभवी पाइलट रहेको कँडेलले बताएका छन् । दुर्घटनाको कारण उनले बताएनन् ।

Published : Sunday, 2022 May 29, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया