लार्जुङको खोँचमा दुर्घटना अवस्थामा भेटियो तारा एयरको जहाज
काठमाडौं । हराइरहेको तारा एयरको ट्वीनटर जहाज दुर्घटनामा परेको पुष्टि भएको छ ।
मुस्ताङ जिल्लाको लेतेभन्दा अगाडि घाँसाको लार्जुङको खोँचमा जहाज दुर्घटना अवस्थामा फेला परेको नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिएका छन् ।
जहाजमा १९ जना यात्रु थिए । जहाज पोखराबाट मुस्ताङको जोमसोम उडेको १८ मिनटमा जहाज सम्पर्क बिहीन भएको प्रवक्ता कँडेलले बताए ।
जहाजलाई क्याप्टेन प्रभाकर घिमिरेले चलाएका थिए । घिमिरे निकै अनुभवी पाइलट रहेको कँडेलले बताएका छन् । दुर्घटनाको कारण उनले बताएनन् ।
Published : Sunday, 2022 May 29, 12:37 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया