मुस्ताङको लेतेमा रहेका कांग्रेस नेता थकालीले जहाजबारे के भन्छन् ?

काठमाडौं । तारा एयसको विमान हराएपछि सुरक्षाकर्मीहरूले खोजी कार्य जारी रहेको छ ।

मुस्ताङको तेले आसपासको क्षेत्रबाट जहाज हराएको हुन सक्ने अनुमान सुरक्षाकर्मीको छ ।

लेतेमा रहेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले तारा एयरको जहाज हराएको भन्ने खबर सुने पनि आफूलाई थप जानकारी नरहेको बताए ।

पूर्वमन्त्री थकालीले भने, ‘म लेतेमै छु । जहाज आए जस्तो हल्का आवाज त मैले सुनेको थिए । तर, के हो मलाई थाहा छैन ।’

सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ ।

स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए ।

तारा एयरको उक्त जहाज पोखराबाट १९ जना यात्रु लिएर मुस्ताङको जोमसोम उडेको थियो ।

Published : Sunday, 2022 May 29, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया