एमालेबाट वडाध्यक्ष जित्नेवित्तिकै प्रधानले भट्टीपसलमा आफ्नै साथीको गाला चड्काए

मन्थली । रामेछाप जिल्लाको खाडादेवी गाउँपालिकाको वडा नं. २ मझुवाका वडाध्यक्ष केशव प्रधानले होटेलमा एकजनालाई गालामा चड्काएको भिडियो भाईरल बनेको छ ।

एमालेबाट एक हप्ता अगाडि वडाध्यक्षमा निर्वाचित श्रेष्ठले होटेलमा ती व्यक्तिलाई गालामा पटक–पटक हानेको भिडियोमा देखिएको छ । भिडियो कहिलेको हो केही भनिएको छैन ।

एमालेबाट वडाध्यक्षमा निर्वाचित भएर आउनेवित्तिकै कुटपिटमा उत्रिएको भन्दै वडाध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा आलोचना भएको छ । वडाध्यक्ष श्रेष्ठलाई कारबाहीको माग पनि उठेको छ ।

सामान्य होटेलमा भएको सो घटनामा वडाध्यक्ष श्रेष्ठले ‘जाँड खाएर मु…ठूल्ठूलो कुरो गर्छस्, जहिले पनि मु…नेपरिएको कुरो गर्छस्, के छ तेरो ? जहिले पनि जाँड खाएर मसँग ल्याङल्याङ गर्छ, जाड खाएर जहिले पनि कोल्टे–कोल्टे कुरा गर्छ । के देखाउँछस् ?’ भनेको भिडियोमा सुन्न सकिन्छ ।

वडाध्यक्ष श्रेष्ठसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । खाँणादेवी गाउँपालिकाका सूचना अधिकृत ओमप्रकाश श्रेष्ठले आफूले पनि वडाध्यक्ष श्रेष्ठको भिडियो सामाजिक सञ्जालमा देखेको बताए । उनले त्यो भिडियोका विषयमा आफूलाई कुनै जानकारी नरहेको बताएका छन् ।

Published : Sunday, 2022 May 29, 9:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया