ओलीले ६० लाखमा किने १२ वटा कोट, कांग्रेसका खतिवडाले गरे बबाल खुलासा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले ६० लाख मूल्य बराबरको कोट विदेशबाट आयात गरेको आरोप लगाएका छन् ।

कांग्रेस नेता खतिवडाले शनिबार बिहान ट्वीट गर्दै ओलीलाई एकजना व्यापारीले इटालीबाट १२ थान ब्राण्डेड महँगा कोट ल्याइदिएको बताएका हुन् । ओलीको आग्रहमा ती व्यापारीले महँगा कोट ल्याइदिएका थिए ।

‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सबैलाई नेपालमा स्वदेशी कपडा लगाउन कडाइका साथ उर्दी गर्नु भएछ’, खतिवडाले ट्वीटमा भनेका छन् ।

‘गठबन्धनका नेतालाई नेपालमा कपडा सिलाउने मात्रै हो भन्नुभएको सुनियो’, खतिवडाले भनेका छन्, ‘तर आफूले एक ब्यापारीमार्फत इटालीबाट ल्याएको १२ कोट (मूल्य झन्डै ६० लाख) महेशले पाउने भए कसो ?’

एमालेका अध्यक्ष ओलीले दुई दिन अगाडि प्रतिनिधि सभाको बैठकमा तीन घण्टा लामो बोल्ने क्रममा आफूले मात्रै स्वदेशी कपडा लगाउने गरेको र ५ दलीय गठबन्धनका नेताहरूले आयातित कपडा लगाउन गरेको बताएका थिए ।

तर, ओली आफैले एक व्यापारीमार्फत करीव ६० लाख मूल्य बराबरको इटालीबाट कोट झिकाएको खुलासा भएको छ । कांग्रेस नेता खतिवडाले ओलीको कर्थित ‘राष्ट्रवादी’ अनुहार उदाङ्गो पारिदिएका छन् ।

Published : Saturday, 2022 May 28, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया