यी असक्षम सीडीओ, एसपी र डीएसपी कारबाहीमा परे, सरकारको नाक भाँचे

काठमाडौं । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा गराउन नसकेको भनेर निर्वाचन आयोगले बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखहरूलाई कारबाही गर्न निर्देशन दिएको छ ।

आयोगका सह–सचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर सीडीओ उपेन्द्र पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चर्तुभुज ओझा र सशस्त्र प्रहरी बल नेपालका उपरीक्षक दीपक विष्टलाई हटाउन गृह मन्त्रालयलाई आग्रह गरेको जानकारी दिएका छन् ।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा सीडीओसहितका सुरक्षा निकायका लापरबाहीले बुढीगंगा नगरपालिकाको निर्वाचन रद्द हुन पुगेको आयोगले जनाएको छ ।

आयोगले तीन जनालाई हटाएर नयाँ कर्मचारी खटाउन गृह मन्त्रालयसँग आग्रह गरेको छ ।

आयोगले बाजुराका मतदान अधिकृतलाई मतदानको मिति घोषणा गरेर पुन मतदान गर्न निर्देशन दिएको छ ।

Published : Thursday, 2022 May 26, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया