यी असक्षम सीडीओ, एसपी र डीएसपी कारबाहीमा परे, सरकारको नाक भाँचे
काठमाडौं । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा गराउन नसकेको भनेर निर्वाचन आयोगले बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखहरूलाई कारबाही गर्न निर्देशन दिएको छ ।
आयोगका सह–सचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर सीडीओ उपेन्द्र पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चर्तुभुज ओझा र सशस्त्र प्रहरी बल नेपालका उपरीक्षक दीपक विष्टलाई हटाउन गृह मन्त्रालयलाई आग्रह गरेको जानकारी दिएका छन् ।
वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा सीडीओसहितका सुरक्षा निकायका लापरबाहीले बुढीगंगा नगरपालिकाको निर्वाचन रद्द हुन पुगेको आयोगले जनाएको छ ।
आयोगले तीन जनालाई हटाएर नयाँ कर्मचारी खटाउन गृह मन्त्रालयसँग आग्रह गरेको छ ।
आयोगले बाजुराका मतदान अधिकृतलाई मतदानको मिति घोषणा गरेर पुन मतदान गर्न निर्देशन दिएको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया