प्रवक्ता डा.महतको गृहजिल्लामा कांग्रेसको ठूलो कमाल

काठमाडौं । नुवाकोट जिल्लामा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा राम्रो पोजिशन ल्याएको छ ।

निर्वाचन आयोगद्वारा जारी भएको अन्तिम नतिजाअनुसार नुवाकोटमा कांग्रेस ठूलो पार्टी बन्न सफल भएको छ । १२ वटा पालिकामा कांग्रेसले ७ वटा पालिकामा जित हासिल गरेको छ । एउटा पालिकामा कांग्रेसले उपाध्यक्षमा जित हासिल गरेको छ ।

यसअघि एमालेले नुवाकोटमा धेरै पालिकामा जित हासिल गरेको थियो । कांग्रेसले यस पटक एमालेसँग ती पालिकाहरू खोसेको छ ।

कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतको गृहजिल्ला नुवाकोटमा कांग्रेसले कमाल गरेको छ ।

विदुर नगरपालिकाको मेयरमा कांग्रेसका राजन श्रेष्ठ निर्वाचित भएका छन् । उप–मेयरमा माओवादी केन्द्रकी प्रभा बोगटी विजयी भएकी छिन् ।

वडा नं. ३ को वडाध्यक्षमा कांग्रेसका बद्रीप्रसाद रिमाल, ७ मा कांग्रेसका रविन्द्र नेपाल, ८ मा कांग्रेसका कमल श्रेष्ठ, १० मा कांग्रेसका गणेशकुमार नेपाल, ११ मा कांग्रेसका भरतबहादुर तामाङ निर्वाचित भएका छन् ।

सूर्यगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तबहादुर तामाङ निर्वाचित भएका छन् । उपाध्यक्षमा मञ्जु बुढाथोकी निर्वाचित भएकी छिन् ।

वडाध्यक्षमा २ मा कांग्रेसका दीपक अधिकारी, ४ मा कांग्रेसका रामशरण राई र ५ मा कांग्रेसका अचुतराज ढकाल निर्वाचित भएका छन् ।

शिवपुरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गोविन्दप्रसाद थपलिया निर्वाचित भएका छन् । उपाध्यक्षमा माओवादीका वीरबहादुर तामाङ निर्वाचित भएका छन् ।

वडा नं. ४ को वडाध्यक्षमा कांग्रेसका चन्द्रबहादुर गुरुङ, ८ मा कांग्रेसका केशवप्रसाद रिजाल निर्वाचित भएका छन् ।

लिखु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ध्रुब श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसका शुभद्रा अधिकारी निर्वाचित भएकी छिन् ।

वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका नरहरि पाण्ड, ३ मा कांग्रेसका सस्ताराम पुलामी मगर, ४ मा कांग्रेसका प्रकाश राई, ५ मा शिवप्रसाद खतिवडा निर्वाचित भएका छन् ।

म्यागङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी आशा तामाङ र उपाध्यक्षमा कांग्रेस सीता तामाङ निर्वाचित भएकी छिन् ।

वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका जिमबहादुर तामाङ, ३ मा हरिबहादुर तामाङ, ५ मा जितबहादुर तामाङ र हरिकुमार तामाङ निर्वाचित भएका छन् ।

बेलकोटी नगरपालिकाको मेयरमा माओवादीका जगतबहादुर गुरुङ र उप–मेयरमा कांग्रेसका शिवप्रसाद दाहाल विजयी भएका छन् ।

वडा नं. २ मा कांग्रेसका रामचन्द्र तिमिल्सिना, ५ मा कांग्रेसका मदन भुजेल, ७ मा भुवनेश्वर नेपाल, ९ मा कांग्रेसका दुर्गाप्रसाद गजुरेल, १० मा कांग्रेसका प्रलादप्रसाद थपलिया, ११ मा कांग्रेसका प्रकाशजंग पाण्डे र १३ मा कांग्रेसका नवराज पाण्डे विजयी भएका छन् ।

पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा तेजबहादुर तामाङ र उपाध्यक्षमा माओवादीकै विमला केसी निर्वाचित भएका छन् ।

वडा नं. १ को वडाध्यक्षमा माहानन्द ढकाल, २ मा रामशरण श्रेष्ठ र ५ मा माधवप्रसाद सिटौला निर्वाचित भएका छन् ।

दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा माओवादीका शंकरबहादुर थापा र उपाध्यक्षमा माओवादीकी माकुरी तामाङ निर्वाचित भएकी छिन् ।

वडा नं. ३ को वडाध्यक्षमा कांग्रेसका ध्रुबकर केसी निर्वाचित भएका छन् ।

तारेकेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शिव अधिकारी र उपाध्यक्षमा माओवादीका हरिप्रसाद रिमाल निर्वाचित भएका छन् ।

वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका चक्रबहादुर तामाङ, ३ मा कांग्रेसका सूर्यमान श्रेष्ठ, ५ मा कांग्रेसका अशोक तामाङ निर्वाचित भएका छन् ।

तादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तमान तामाङ र उपाध्यक्षमा माओवादीकी सञ्जु प्याकुरेल निर्वाचित भएकी छिन् ।

वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका नकुर दोङ तामाङ, ३ मा कांग्रेसका सोनाम तामाङ निर्वाचित भएका छन् ।

किस्पाङ गाउँपालिकाको अध्यक्षमा एमालेका वीरबल तामाङ र उपाध्यक्षमा माओवादीका अर्जुनप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका पशुपति घले, ४ मा कांग्रेसका विनोद तामाङ र ५ मा कांग्रेसका प्रकाश तामाङ निर्वाचित भएका छन् ।

ककनी गाउँपालिकाको अध्यक्षमा माओवादीका सुमन तामाङ र उपाध्यक्षमा माओवादीकी मिठूमाया लामा निर्वाचित भएकी छिन् ।

वडा नं. २ मा तिलकबहादुर लामा, ५ मा बुद्धराज लामा, ७ मा रामकृष्ण तामाङ निर्वाचित भएका छन् ।

Published : Thursday, 2022 May 26, 5:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया