चुनौतिलाई सामना गरेर निर्वाचनमा यसरी सफल भए गृहमन्त्री खाण

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ ।

अपवादमा रौतहट, तनहुँ, बाजुरासहितका जिल्लाका केही वडाका छिटफुट घटना बाहेक सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको छ ।

केही पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ । ती पालिकाको नतिजाको मतगणना पनि अन्तिम चरणमा पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनको शान्ति सुरक्षा निकै मजबुद बनाएका थिए । खाणको सुझवुझपूर्ण कामले निर्वाचन एकै चरणमा सम्पन्न भएको छ ।

केही व्यक्तिलाई स्थानीय तहको निर्वाचन समयमा हुँदैन भन्ने लागेको थियो । एमालेका अध्यक्ष खड्गप्रसाद ओली र उनको टिमले स्थानीय तहको निर्वाचनका बारेमा नकारात्मक टिकाटिप्पणी गर्दै आएको थियो ।

गृहमन्त्री खाणको नेतृत्व र निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र गृह मन्त्रालय मातहतका सबै निकायको विशेष पहलमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

खाणलाई स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न गराउन ठूलो चुनौति थियो । तर, खाणले त्यो चुनौतिलाई सुरक्षा निकाय र सबैको सहयोगमा सफलतापूर्वक सम्पन्न गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले प्रधानमन्त्री देउवा, गृहमन्त्री खाण, सुरक्षा निकाय र सबै राजनीतिक दलको संयुक्त प्रयासमा चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । विशेष गरेर नेता चौधरीले गृहमन्त्री खाणलाई धन्यावाद दिएका छन् । उनले भने, ‘गृहमन्त्रीको जिम्मेवारी बालकृष्ण दाईले कुशलतापूर्वक निभाउनुभएको छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले गृहमन्त्री खाणद्वारा शान्ति सुरक्षा बनाउन गरिएको नेतृत्वदायी भूमिका निकै सह्रानीय रहेको बताए ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले पनि निर्वाचन सुरक्षामा कतै पनि सानो गल्ती हुन दिएनन् ।

देशभरिको युनिटलाई परिचालन गरेर सानाभन्दा साना कुरामा हेलचेक्र्या नगरेर आईजीपी सिंहले कार्य सम्पादन गरेका छन् ।

सरकारले मतदान हुनुभन्दा एक हप्ता अगाडि नयाँ आईजीपीमा सिंहर्लाइ नियुक्त गरेर सहि निर्णय गरेको प्रमाणित भएको छ ।

गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले पनि आफ्नो प्रदेशमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए ।

उनले तनहुँको एउटा वडामा १५/२० मिनट देखिएको असहजतालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको बताए ।

डीआईजी लोहनीले गण्डकीका बाग्लुङ, स्याङ र गोरखा सम्वेदनशील जिल्ला रहेको बताए । प्रहरीका जिल्ला ईञ्चार्जहरूका कारण यस पटक ती जिल्लामा कुनै पनि अप्रिय घटना नभएको उल्लेख गरेका छन् ।

रोल्पा, रुकुम, प्यूठान जस्ता जिल्लाहरूमा पनि स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएका छन् । तराईका जिल्लामा पनि छिटफुट घटना बहेक सबैतिर शान्तिपूर्ण रुपमा निर्वाचन भएका छन् ।

केही तत्वले निर्वाचनलाई बिथोल्न सकिन्छ कि भनेर नजर उठाउन खोजे पनि प्रहरीले त्यो उदेश्य पूरा हुन दिएन ।

नेपाल प्रहरीका आईजीपीमा सिंह आउनेवित्तिकै प्रहरीमा नयाँ उर्जा थपिएको थियो । सिंहको नेतृत्वदायी भूमिकाले गृहमन्त्री खाणलाई ठूलो सहयोग मिलेको छ ।

गृहमन्त्री खाणले प्रहरी प्रशासनको दुरुपयोग हुन दिएनन् । आफ्नै पार्टी कांग्रेसका नेता कार्यकर्तालाई पनि सत्ताको दुरुपयोग गर्नबाट रोकेका थिए । धेरै ठाउँमा कांग्रेसमाथि एमालेसहितका कम्युनिस्टबाट हमला र आक्रमण हुँदा पनि गृहमन्त्री खाणले सत्ताको दुरुपयोग गरेनन् । संयम भएर स्थितिलाई मिलाए ।

सोही कारण पनि निर्वाचन वैशाख ३० गते देशभरि एकसाथ सम्पन्न गर्न सकिएको टिप्पणी भएका छन् ।

यस पटकको निर्वाचनमा कांग्रेसले धेरै पालिकाहरूमा जितेर ठूलो दल बन्न सफल भएको छ । एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो बनेको छ ।

Published : Monday, 2022 May 23, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया