बाग्मती मिशनमा सफल भए सभापति बानियाँ, बालुवाटारमा भब्य खुशीयाली

काठमाडौं । बाग्मती प्रदेशमा नेपाली कांग्रेसले राम्रो नतिजा ल्याएको छ ।

बाग्मती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँको सुझबुझपूर्ण कदमले गर्दा बाग्मतीका १३ वटा जिल्लामा शानदार जित हासिल गरेको हो ।

केन्द्रको निर्देशनलाई पछ्याएका बानियाँले अधिकांश जिल्लाका पालिकाहरूमा ५ दलीय गठबन्धनसँग तालमेल गराएका थिए ।

तालमेल भएका अधिकांश पालिकाहरूमा कांग्रेसका साथै गठबन्धनका उम्मेदवारहरूको शानदार जित भएको नेताहरूले बताएका छन् ।

बाग्तीमा दोलखा, रामेछाप, सिन्धुली, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर र चितवनमा कांग्रेसले बहुमत ल्याएको छ ।

कांग्रेसले मधेश प्रदेशमा धेरै पालिका जितेर पहिलो नम्बरमा सिट कब्जा गरेका बेला बाग्मती प्रदेशले पनि धेरै पालिकाहरू जितेर दोस्रो स्थानमा झण्डा गाड्न सफल भएको छ ।

बाग्मती प्रदेशमा कांग्रेसको जितका विषयमा सभापति बानियाँले ५ दलीय गठबन्धन र नेताहरूको इमान्दारिताले जित सम्भव भएको बताएका छन् । उनले केन्द्रको निर्देशनलाई पालना गरेकाले कांग्रेसको जित सुनिश्चित भएको बताएका छन् ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसम्म ५ दलीय गठबन्धनलाई बचाएर जानुपर्ने उनको सुझाव छ ।

एमालेले अहँकार देखाएका बेला कांग्रेस नेतृत्वको गठबन्धनले बाग्मती प्रदेशमा आफ्नो शक्ति देखाएको छ ।

बाग्मतीमा कांग्रेसले जित हासिल गरेपछि प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा खुशी भएका छन् ।

Published : Monday, 2022 May 23, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया