७० करोड कमिशन काण्डमा मन्त्री गुमाएका बास्कोटाको जिल्लामा एमाले बढारियो

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिशनको अडियो सार्वजनिक भएपछि मन्त्री पद गुमाएका एमालेका नेता गोकुल बास्कोटाको जिल्ला काभ्रेपलाञ्चोकमा नेपाली कांग्रेस ठूलो दल बनेको छ ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहका मेयर, उप–मेयर, अध्यक्ष र उपाध्यक्ष गरी २६ पदमध्ये १३ वटामा विजयी हुँदै कांग्रेस पहिलो पार्टी बनेको हो ।

माओवादी केन्द्र, एकीकृत समाजवादीसँग गठबन्धन गरेर कांग्रेसले उम्मेदवारी दिएको थियो । कांग्रेसले सबै पदमा जित हासिल गरेको छ ।

कांग्रेसले बनेपा, पनौती, नमोबुद्ध, पाँचखाल नगरपालिकाको मेयरमा जित हासिल गरेको छ ।

रोशी, तेमाल र बेथानचोक गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसले जित हासिल गरेको छ ।

धुलिखेल र मण्डनदेउपुर नगरपालिकाको उप–मेयरमा पनि कांग्रेसले जितेको छ ।

भुम्लु, खानीखोला, चौरीदेउराली र महाभारत गाउँपालिकाको उपाध्यक्ष पदमा पनि कांग्रेस निर्वाचित भएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचन कांग्रेस १ मेयर, उप–मेयर र ३ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गरी ८ पदमा सीमित थियो ।

खानीखोला गाउँपालिकाको अध्यक्षमा माओवादीका ईन्द्रबहादुर थिङ र उपाध्यक्षमा कांग्रेसका दोर्जेमान जिम्वा निर्वाचित भएका छन् ।

चौंरीदेउराली गाउँपालिकाको अध्यक्षमा माओवादीका रेणुका चौलागाइँ र उपाध्यक्षमा कांग्रेसका शेरबहादुर लामा निर्वाचित भएका छन् ।

तेमाल गाउँपालिकाको अध्यक्षमा कांग्रेसका चन्द्रबहादुर तामाङ र उपाध्यक्षमा माओवादीका दलमान थोकर निर्वाचित भएका छन् ।

धुलिखेल नगरपालिकाको मेयरमा एमालेका अशोककुमार व्यञ्जु श्रेष्ठ र उप–मेयरमा कांग्रेसका निराजन जंगम निर्वाचित भएका छन् ।

नमोबुद्ध नगरपालिकाको मेयरमा कांग्रेसका कुनसाङ लामा र उपमेयरमा माओवादीका रत्नबहादुर लामा निर्वाचित भएका छन् ।

पनौती नगरपालिकाको मेयरमा कांग्रेसका रामशरण भण्डारी र उप–मेयरमा एमालेकी गीता बञ्जारा निर्वाचित भएकी छिन् ।

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका महेश खरेल र उप–मेयरमा एमालेकी सूर्यमाया दनुवार निर्वाचित भएकी छिन् ।

बनेपा नगरपालिकाको मेयरमा कांग्रेसका शान्तिरत्न शाक्य र उप–मेयरमा एमालेकी विमला सापकोटा निर्वाचित भएकी छिन् ।

बेथानचोक गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादीकी तारा राना निर्वाचित भएकी छिन् ।

भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादीका प्रेमबहादुर भुजेल र उपाध्यक्षमा कांग्रेसका जितेन्द्रमान तामाङ निर्वाचित भएका छन् ।

मण्डनदेउपुर नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का टोकबहादुर तामाङ र उप–मेयरमा कांग्रेसका विष्णुमणि नेपाल निर्वाचित भएका छन् ।

महाभारत गाउँपालिकाको अध्यक्षमा माओवादीका कान्छालाल जिम्वा र उपाध्यक्षमा कांग्रेसका सागर मोक्तान निर्वाचित भएका छन् ।

रोशी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश लामा र उपाध्यक्षमा माओवादीका मिमबहादुर वाइवा निर्वाचित भएका छन् ।

Published : Monday, 2022 May 23, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया