कांग्रेसले मुख खोलेपछि बालकोटमा कालोनिलो बन्यो एमाले

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा आएको जनाएको छ ।

सोमबार कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले पार्टी मुख्यालय ललितपुरमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई धन्यावद दिएका छन् ।

कांग्रेसले आफ्नो पक्षमा सन्तोषजनक नतिजा आएको निश्कर्ष निकाले पनि यसपाली पनि विभिन्न ठाँउहरूमा अन्तरघात भएको सूचनाहरू आइरहेको जनाएको छ ।

‘यो प्रवृती नदोहोरिएको भए उल्लेख्य संख्या थप हुने कुरामा दुई मत थिएन’, प्रवक्ता डा.महतले भने, ‘स्थानीय निर्वाचनको सबै परिणाम आइसकेपछि प्रत्येक गाउँ र नगरपालिकामा पार्टीका सदस्यहरूको भूमिकाको सम्बन्धमा पार्टीले व्यापक समीक्षा गर्दैछ ।’

उनले भने, ‘यो परिणामबाट आम जनतामा कांग्रेस प्रतिको विश्वास बढेको भन्ने आंकलन पुष्टि भएको छ ।’

‘गठबन्धनका सन्दर्भमा निर्णय अन्तिम समयमा हुँदा यसको सन्देश मतदातासमक्ष पु¥याउन भएको कठिनाइले केहि समस्या आएता पनि समग्रमा स्थानीय तहको निर्वाचनमा पाँच दलबीचमा भएको तालमेल सफल भएको हाम्रो निश्कर्ष छ’, डा.महतले भनेका छन् ।

‘कांग्रेसका पक्षमा निर्वाचनको यो परिणाम आउनुमा सभापति शेरबहादुर देउवाज्यूको सुझबुझ पूर्ण नेतृत्व, गठबन्धन सरकारले कोभिडको सुव्यवस्थापन, सुशासन र अन्तर्राष्ट्रिय सम्बन्धमा देखाएको परिपक्कता, पूर्ववर्ती ओली सरकारले गरेका संविधान विरोधी गतिविधि, कुशासन र भ्रष्टाचार तथा नेपाली कांग्रेसले पार्टी संगठन परिचालनमा देखाएको सक्रियता रहेका छन्’, विज्ञप्तिमा भनिएको छ ।

‘कांग्रेसले संगठन सुदृढीकरण र नागरिक जागरणका लागि सञ्चालन गरेको “घरघर जाऔं कांग्रेस जिताऔं” अभियान, “अरु कुरा गर्छन, नेपाली कांग्रेस काम गर्छ” र नेपाली कांग्रेस जिम्मेवार पार्टी हो भन्ने सन्देश जनताको बीचमा पु¥याउन सफल भएकोले पनि यो परिणाम आउन सघाउ पुगेको हो’, प्रवक्ता डा.महतले भनेका छन् ।

‘संविधान र लोकतान्त्रिक संस्थाहरुलाई मजबुत बनाउने चुनौती अझै विद्यमान छ’, उनले भने, ‘प्रतिगमनकारी शक्तिहरू अझै सक्रिय छन् ।’

‘यो परिवेशमा स्थानीय निर्वाचनको यो नतिजाले देशमा राजनीतिक स्थायित्व कायम गर्न, संघीयता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत संरक्षण र सम्बर्धन गर्नका लागि हाल गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच सहकार्य आवश्यक रहेको हाम्रो निश्कर्ष छ’, कांग्रेसले भनेको छ, ‘यद्यपि हामीले धेरै ठाउँमा गठबन्धन गरेका थिएनौं । तर, गठबन्धन र परिणाम दुवै लयमा छन् ।’

‘स्थानीय तहको निर्वाचनमा भएको सहकार्यबाट आएको सन्तोषजनक परिणामले आउँदो आम निर्वाचनमा सहकार्य गर्ने मजबूत आधार तयार गरेको छ’, कांग्रेसका प्रवक्ता डा.महतले भनेका छन् ।

‘नेपाली जनताले नेपाली कांग्रेसप्रति भरोसा राखेर जुन जिम्मेवारी दिएका छन्, निर्वाचित प्रतिनिधिहरूले त्यही अनुरुप जनताको सेवामा समर्पित हुनुहुनेमा हामी विश्वस्त छौं’, डा.महतले भनेका छन् ।

‘निर्वाचित साथीहरुले आफूले गरेको प्रतिबद्धता पार्टीले सार्वजनिक गरेको संकल्पभित्र रहेर स्थानीय आवश्यकता र नागरिकको चाहना अनुरुप काम गर्नुहुनेछ’, उनले भने, ‘आउँदा पाँच वर्ष कांग्रेसका प्रतिनिधिहरूको नेतृत्वमा भएका पालिकाहरूमा सुव्यवस्थित ढंगले विकास हुने र सुशासन कायम हुने विश्वास हामीले लिएका छौं ।’

प्रवक्ता डा.महतले कांग्रेसका तर्फबाट उम्मेदवार भई स्थानीय तहका विभिन्न पदमा विजयी बनेका सबै पदाधिकारीहरूलाई बधाई दिएका छन् ।

कांग्रेसले निर्वाचनमा आफ्नो जितलाई लिएर दिएको अभिव्यक्ति र आगामी संसदीय निर्वाचनमा ५ दलीय गठबन्धन रहने अभिव्यक्ति कांग्रेसका प्रवक्ता डा.महतले दिएपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई राजनीतिक झट्का लागेको चर्चा छ ।

Published : Monday, 2022 May 23, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया