पूर्वमन्त्री टेकबहादुर गुरुङको जिल्लामा बहुमतमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङको गृहजिल्ला मनाङमा कांग्रेसले पालिकाका उल्लेख्य पदहरूमा निर्वाचित भएको छ ।

मनाङमा ४ वटा पालिका छन् । ती पालिकामा कांग्रेसले सम्मानजनक स्थानमा जित हासिल गरेको छ । केही वडाध्यक्ष र सदस्यमा कांग्रेस निर्विरोध भएको छ । कांग्रेसले दुई पालिका र एउटा पालिकामा उपाध्यक्षमा जितेको छ ।

चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले (३२०) निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसकी मिङमार ढोमा लामा (३२५) निर्वाचित भएकी छिन् ।

वडा नं. १ को वडाध्यक्षमा एमालेका खड्गजंग गुरुङ निर्विरोध भएका छन् । २ मा कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भएका छन् । ३ मा कांग्रेसका विनोद लामा, ४ मा कांग्रेसका लोप्साङ लामा र ५ मा एमालेका कैले गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् ।

नापाभूमि गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जीङ लामा (१५८) निर्वाचित भएका छन् । उपाध्यक्षमा एमालेकी मेङमर फुन्चो लामा निर्विरोध भएकी छिन् ।

वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका फुर्पा ठेले लामा निर्विरोध भएका छन् भने २ मा स्वतन्त्रबाट फुन्चोक वाङगे लामा निर्वाचित भएका छन् ।

३ मा स्वतन्त्रबाट लाक्पा छेवाङलामा (निर्वार्चित), ४ मा स्वतन्त्रबाट कर्म ग्यान्जे लामा (निर्वाचित) र ५ मा स्वतन्त्रबाट सोनम तेजे लामा निर्विरोध भएका छन् ।

नासोँ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ (८२०) निर्वाचित भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका बेदबहादुर गुरुङ (९१३) विजयी भएका छन् ।

वडा नं. १ मा एमालेका मीनराशी गुरुङ, २ मा एमालेका रवि गुरुङ, ३ मा कांग्रेसका निलराम गुरुङ, ४ मा माओवादीका धर्मजंग गुरुङ (निर्विरोध), ५ मा कांग्रेसका थुतेन लामा (निर्विरोध) निर्वाचित भएका छन् ।

६ मा कांग्रेसका पुष्पबहादुर गुरुङ (निर्विरोध), ७ मा कांग्रेसका ओमबहादुर गुरुङ (निर्विरोध), ८ मा कांग्रेसका याद घले र ९ मा एमालेका मिङमार छिरिङ विष्ट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले (८६१) र उपाध्यक्षमा स्वतन्त्रबाट छिरिङ गुरुङ (७४४) विजयी भएका छन् ।

वडा नं. १ मा एमालेका मिङमार गुरुङ, २ मा कांग्रेसका खम्वा गुरुङ, ३ मा स्वतन्त्रबाट कृष्ण लामा (निर्विरोध), ४ मा एमालेका कमल गुरुङ, ५ मा कांग्रेसका कर्म सेरप बङक्षु वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वडा नं. ६ मा एमालेका सोनम गुरुङ, ७ मा गुरक्याप गुरुङ, ८ मा एमालेका पेम्वा गुरुङ र ९ मा स्वतन्त्रबाट च्योल्पा गुरुङ (निर्विरोध) निर्वाचित भएका छन् ।

Published : Monday, 2022 May 23, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया