एमालेले बोक्दा पनि गोविन्दराज जोशीका छोरा पराजित, कांग्रेसले दुईतिहाइले जित्यो

दमौली । तनहुँ जिल्लाको व्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने फराकिलो मतको अन्तरले विजयी भएका छन् ।

सोमबार बिहान सार्वजनिक भएको निर्वाचन आयोगको नतिजाअनुसार मेयरमा कांग्रेसका न्यौपाने १२०७८ मतसहित निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रबाट मेयरको उम्मेदवार बनेका दीपकराज जोशी पराजित भएका छन् । पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा समेत रहेका दीपकले ११८२८ मत पाएका थिए । दीपकले एमालेसँग गठबन्धन गरेका थिए ।

उप–मेयरमा पनि कांग्रेसकी इन्दिरा दरै १३४९८ मतसहित निर्वाचित भएकी छिन् । दरैकी निकटतम प्रतिद्वन्द्व एमालेकी बसुन्धरा घर्ती १००४२ मतसहित पराजित भएकी छिन् ।

वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका रमेशचन्द्र हड्खले, २ मा काशिराम श्रेष्ठ, ३ मा अनुप राना, ६ मा जीवन गुरुङ, ८ मा युवराज गुरुङ, ९ मा सुरेश थापा, १० मा खेमराज पोखरेल, ११ मा दलबहादुर दुरा, १२ मा बमबहादुर आले, १३ मा वसन्त आले र १४ मा काजीमान श्रेष्ठ निर्वाचित भएका छन् ।

व्यास नगरपालिकामा १४ वटा वडा छन् । त्यसमध्ये कांग्रेसले ११ वटा वडामा वडाध्यमा जित हासिल गरेको छ ।

व्यास नगरपालिकामा कांग्रेसले दुईतिहाइ बहुमत पाएको छ ।

Published : Monday, 2022 May 23, 8:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया