कांग्रेस ठूलो दल बनेपछि पहिलो पटक बाहिर देखिएका ओली बोल्दै नबोलेर टापकसे

काठमाडौं । नेपाली कांग्रेससँग अधिकांश स्थानमा नराम्रोसँग स्थानीय तह निर्वाचनमा पराजित भएपछि बाहिर देखिएका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले निर्वाचनबारे टिप्पणी गरेका छैनन् ।

चुनावपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका ओलीले कुनै प्रतिक्रिया नदिएर हिँडेका छन् ।

चुनावी अभियानको क्रममा अध्यक्ष ओलीले लामो भाषण गर्दै विपक्षी दल तथा तिनका नेताहरूमाथि आलोचना गर्ने गरेका थिए ।

चुनावी परिणामपछि आइतबार राजधानीमा आयोजित कविता लोकार्पण कार्यक्रममा उपस्थित भएका ओलीले चुनाव मात्रै नभएर राजनीतिक विषयमा टिप्पणी नै गरेनन् ।

मीना श्रेष्ठको कवितासंग्रह ‘फर्गेट एस्टडे’को लोकार्पण कार्यक्रमा आफूलाई रुघा लागेर सञ्चो नभएको भन्दै सम्बोधन सुरु गरेका अध्यक्ष ओलीले ४३ मिनेट बोलेका थिए ।

कार्यक्रममा उनले कविता, नाटकको उत्पत्तिदेखि दूरदर्शनमा प्रसारित हुने महाभारत टेलिसिरियल प्रारम्भ हुँदाको संवाददेखि जेनेटिक मेमोरीसम्मको विषयमा चर्चा गरेका छन् ।

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा एमालेले अपेक्षा गरेअनुसारको परिणाम प्राप्त गर्न सकेन ।

कांग्रेस पहिलो स्थानमा छभने एमाले दोस्रो स्थानमा छ । माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा तेस्रो स्थानमा छ ।

Published : Sunday, 2022 May 22, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया