एभरेष्ट होटलमा भएको युवती काण्डका मुख्य नाइके पक्राउ

काठमाडौं । नाबालिगमाथि बलात्कारको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई शनिबार काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको कार्यालयका प्रमुख एसएसपी बसन्त कुँवरले पाण्डे पक्राउ परेको स्वीकार गरे । उनले भने, ‘अनुसन्धानका लागि पक्राउ गरिएको हो । तत्काल अरु केही भन्न मिल्दैन ।’

पाण्डेलाई एक युवतीले ब्युटी प्याजेन्टको नाममा ६ महिनासम्म बलात्कार गरेको आरोप लगाएकी छिन् । ती युवतीले सामाजिक सञ्जालमार्फत ६ वर्ष अगाडि बलात्कारमा परेको भन्दै आफ्नो भनाइ राखेकी थिइन् ।

ती युवतीले आफूलाई पाण्डेले काठमाडौंको नयाँबानेश्वरको होटेल एभरेष्टमा सक्से पाटी भनेर बोलाएर बेहोस बनाएर यौन अपराध गरेको आरोप लगाएकी छिन् ।

ती युवतीले पूर्व मिस नेपाल माल्भिका सुव्वा र फोटो पत्रकार श्रीधर पौडेलमाथि पनि विभिन्न आरोप लगाएकी छिन् ।

ती युवतीको भिडियोबारे गृह मन्त्रालयले चासोका साथ लिँदै छानविन समिति बनाउन प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको थियो ।

भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति बनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले समेत युवतीको आरोपसम्बन्धी भिडियो र घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान तीब्र रुपमा बढाउन आदेश दिएका थिए ।

Published : Saturday, 2022 May 21, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया