सुनिल थापाले धनकुटामा एमालेको पुरानो ‘शासन’ ढाले, कांग्रेस पहिलो पटक बहुमतमा

धनकुटा । धनकुटा जिल्लामा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा धेरै स्थानीय तहहरू जितेको छ ।

धनुकटामा सात वटा पालिका छन् । त्यसमध्ये कांग्रेसले ४ वटामा जित हातपारेको छ । एमालेले ३ वटा पालिकामा जितेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाको गृहजिल्ला धनकुटामा यस पटक कांग्रेसले राम्रो जित हातपारेको छ । कांग्रेसका उम्मेदवार जिताउन नेता थापाले ठूलो प्रयास गरेका छन् ।

थापाको नेतृत्वमा सभापति दिनेश राईसहितका जिल्ला नेताहरूको समूहिक कार्यले कांग्रेस पहिलो पटक धनकुटामा धेरै पालिका जितेर ठूलो पार्टी बन्न सफल भएको छ ।
एमालेले धनकुटाका जनतालाई सधैँ झुक्काएर जित्दै आएको थियो ।

छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छत्रबहादुर सुव्वा ४३५९ मतसहित विजयी भएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकी गीता गुरुङ ४३८७ मतसहित विजयी भएकी छिन् ।

पाख्रिवास नगरपालिकाको मेयरमा कांग्रेसका ज्ञानबहादुर गुरुङ ५४९८ मतसहित विजयी भएका छन् । उप–मेयरमा एमालेकी नम्रता गौतम ५०६२ मतसहित विजयी भएकी छिन् ।

महालक्ष्मी नगरपालिकाको मेयरमा कांग्रेसका ध्रुवराज राय ६३२८ मतसहित विजयी भएका छन् । उप–मेयरमा एमालेकी मञ्जुकुमारी कार्की ५३४ मतसहित विजयी भएकी छिन् ।

सागुरीगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जितेन्द्र राई ५३९९ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा एमालेकी मुना राई ४६५० मतसहित विजयी भएकी छिन् ।

धनकुटा नगरपालिकाको मेयरमा एमालेका चिन्तन तामाङ ७६६६ मतसहित विजयी भएका छन् । उप–प्रमुखमा भीमादेवी खनाल ७१९६ मतसहित विजयी भएकी छिन् ।

शहीदभूमि गाउँपालिकाको अध्यक्षमा एमालेका मनोज राई ४२१४ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा रत्नश्वरी राई ४६७२ मतसहित विजयी भएकी छिन् ।

चौवीसे गाउँपालिकाको अध्यक्षमा राजकुमार लिम्बु ५०३८ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा टंकमाया पाङमी ४९८३ मतले विजयी भएकी छिन् ।

Published : Saturday, 2022 May 21, 9:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया