कांग्रेसले जितेको नार्पाभूमि गाउँपालिकामा २४ मत मात्रै ल्याएर लाक्पा वडाध्यक्षमा निर्वाचित

चामे । मनाङ जिल्लाको नार्पा भूमि गाउँपालिकाको वडा नं. ३ मा लाक्पा छेवाङ लामा २५ मत पाएर वडाध्यक्षमा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार २९ वर्षीय लाक्पाले जम्मा २५ भोट पाएका छन् । लाक्पाले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । यो वडामा जम्मा ७८ मत खसेको थियो ।

लाक्पाका निकटतम प्रतिद्वन्द्वी ३२ वर्षीय पेम्वा फुञ्जो लामाले २१ मत पाएका छन् । पेम्वाले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका ५७ वर्षीय साङगी धावा लामाले १८ मत पाएका छन् ।

स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका ३३ वर्षीय साङमो छिमी लामाले ४ मत पाएका छन् । साङमोको जमानत जफत भएको छ ।

यो वडामा नेपाली कांग्रेसले उम्मेदवारी दिएको छैन । वडा नं. १ मा कांग्रेसका ५२ वर्षीय फूर्पा ठेले लामा निर्वाचित भएका छन् ।

वडा नं. २ मा ३१ वर्षीय फन्चोक वाङगे लामा ४१ मतसहित स्वतन्त्रबाट निर्वाचित भएका छन् । वडा नं. ४ मा ५३ वर्षीय कर्म ग्यान्जे लामा निर्विरोध भएका छन् । वडा नं. ५ मा ३५ वर्षीय सोनम तेजे लामा निर्विरोध भएका छन् ।

नार्पा भूमि गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ४६ वर्षीय कान्जो तेन्जीङ लामा निर्वाचित भएका छन् । कान्जोले १५८ मत पाएका छन् ।

कान्जोका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रबाट ३४ वर्षीय कृष्णबहादुर लामा रहेका छन् ।

उपाध्यक्षमा एमालेकी ३८ वर्षीय मेङमर फुन्चो लामा निर्विरोध भएकी छिन् ।

Published : Tuesday, 2022 May 17, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया