बर्दियाका यी पालिकाहरूमा कांग्रेसका को–को निर्वाचित ?

बर्दिया । बर्दिया जिल्लाका अधिकांश पालिका र वडाहरूमा नेपाली कांग्रेसले जित हातपारेको छ ।

मधुवन नगरपालिकाको मेयमा कांग्रेसका तेजबहादुर भाट निर्वाचित भएका छन् ।

ठाकुरबाबा नगरपालिकाको मेयरमा तिलक लम्साल विजयी भएका छन् ।

गेरुवा गाउँपालिकाको अध्यक्षमा जमानसिंह केसी र उपाध्यक्षमा लक्ष्मी चौधरी निर्वाचित भएका छन् ।

केसी दोस्रो पटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उनले माओवादी केन्द्रका विश्वबहादुर थारुलाई पराजित गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकी चौधरीले ७ हजार १ सय ५३ मत प्राप्त गरि निर्वाचित भएकी छिन् ।

निर्वाचन मेयर, उप–मेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूलाई कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले बधाई दिएका छन् । उनले कार्यकालको शुभकामना पनि दिएका छन् ।

Published : Tuesday, 2022 May 17, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया