काठमाडौंकै अर्को महत्वपूर्ण नगरपालिका पनि कांग्रेसले जित्यो, सृजना पनि विजयी
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उप–मेयरमा जित हासिल गरेको छ ।
मंगलबार बिहान सार्वजनिक भएको नतिजाअनुसार मेयरका उम्मेदवार कृष्णहरि महर्जन र उप–मेयरकी उम्मेदवार सृजना बुर्लाकोटी विजयी भएको काठमाडौं कांग्रेसले जनाएको छ ।
कांग्रेसबाट मेयरमा उम्मेदवार बनेका महर्जनले ११ हजार ९ सय ८८ मत ल्याएका छन् ।
महर्जनले एमालेका रामेश्वर बोहरालाई पराजित गरेका हुन् । बोहराले सात हजार ८ सय ८ मत ल्याएका छन् ।
कांग्रेसकी उप–मेयरकी उम्मेदवार बुर्लाकोटीले १० हजार सात सय ८६ मत ल्याएर विजयी भएकी हुन् ।
बुर्लाकोटीले एमालेकी भवानी डोटेललाई हराएकी छिन् । डोटेलले आठ हजार ६ मत पाएकी छिन् ।
०७४ मा तारकेश्वर नगरपालिकामा एमालेले मेयर र उप–मेयर जितेको थियो ।
काठमाडौं महानगरपालिकामा कांग्रेस तेस्रो स्थानमा संघर्ष गरिरहेका बेला काठमाडौं जिल्लाकै तारकेश्वर नगरपालिका कांग्रेसले जितेको छ ।
यसअघि कांग्रेसले काठमाडौंकै कीर्तिपुर नगरपालिकामा एमालेको लालकिल्ला भत्काइदिएको छ । कीर्तिपुरमा पहिलो पटक कांग्रेसले जित हातपारेको छ ।
कांग्रेसले कागेश्वरी मनोहरा नगरपालिकामा पनि अग्रता लिइरहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया