कांग्रेसले एमालेसँग सिद्धिचरण खोस्यो, रामहरि खतिवडाले दिए शुभकामना

सिद्धिचरण । ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकाको मेयरमा नेपाली कांग्रेस तेजन खनाल ‘तेजेन्द्र’ विजयी भएका छन् ।

मंगलबार बिहान सार्वजनिक भएको नतिजाअनुसार खनालले मेयरमा जित हातपारेका हुन् । खनाल ओखलढुंगा कांग्रेसका सभापति पनि हुन् । खनालले मेयरमा एमालेकी ईच्छाकुमारी गुरुङलाई पराजित गरेका हुन् ।

कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाको गृहजिल्ला ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा सबैको नजर परेको थियो । खतिवडाले आफ्नो नगरपालिका जिताएका छन् ।

नेता खतिवडाले नगरपालिकामा विजयी भएका कांग्रेसका सबै उम्मेदवारलाई बधाई तथा शुभकामना दिएका छन् ।
उप–मेयरमा एमालेका केदारबाबु बस्नेत विजयी भएका छन् ।

यसअघि सिद्धिचरणमा एमालेले जितेको थियो । गतिलो काम नगरेपछि मतदाताले एमालेलाई हराएर कांग्रेसलाई जिताइदिएका छन् ।

सिद्धिचरण नगरपालिकामा कांग्रेसले ९ वटा वडामा जितेको छ । एमालेले २ र माओवादी केन्द्रले १ वटा वडा जितेको छ ।

वडा नं. १ मा कांग्रेसका तीर्थ घिमिरे, २ मा माओवादी केन्द्रका वसन्त कट्वाल, ३ मा कांग्रेसका सीताराम दाहाल, ४ मा एमालेका रत्नबहादुर गुरूङ, ५ मा एमालेका डिल्लीशेर राई, ६ मा कांग्रेसका मेखबहादुर मगर विजयी भएका छन् ।

वडा नं. ७ मा कांग्रेसका भलबहादुर कट्वाल, ८ मा कांग्रेसका एकराज तामाङ, ९ मा कांग्रेसका गुणाराज खड्का, १० मा कांग्रेसका रमेश धमला, ११ मा कांग्रेसका विनोद ताम्राकार र १२ मा कांग्रेसका उमंग श्रेष्ठ निर्वाचित भएका छन् ।

Published : Tuesday, 2022 May 17, 8:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया