पोखरा महानगरको परिणामले बालकोटमा हलचल

पोखरा । पोखरा महानगरपालिकाको मेयर र उप–मेयरमा गठबन्धनले अग्रता लिइरहेको छ ।

पोखरामा सोमबार साँझ पाँच बजेसम्म १२०९७ मतगणना हुँदा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले ४८४८ मत पाएको पोखरा कांग्रेसले जनाएको छ ।

एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले ४३५२ मतसहित पछ्याइरहेका छन् ।

उप–मेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४९९३ मतसहित अग्रता लिएकी छिन् ।

एमालेबाट मञ्जुदेवी गुरुङले ४९८० मतसहित पछ्याइरहेकी छिन् ।

विगतमा एमालेको कब्जामा रहेको पोखरालाई कांग्रेस नेतृत्वको गठबन्धनले भत्काउने योजनामा रहेको छ ।

वडाहरूमा पनि कांग्रेसका उम्मेदवारहरू धमाधम विजयी भइरहेका छन् । एमालेले पनि केही वडामा जित हासिल गरेको छ ।

कांग्रेसले पोखरामा उप–मेयर पाएको छ । मेयर नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ ।

पोखरा महानगरपालिका पनि गुम्ने खतरा भएपछि बालकोटमा बसेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई तनाब भएको छ । ओली चिन्तामा परेको चर्चा छ ।

Published : Monday, 2022 May 16, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया