राजपुरमा कांग्रेस हराउन खोज्ने अन्तरघातीहरू असफल, शरद र धनपतिदेवीले बाजी मारे

राजपुर । दाङको राजपुर गाउँपालिकामा नेपाली कांग्रेसले शानदार रुपमा जित हासिल गरेको छ ।

अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपतिदेवी यादब निर्वाचित भएको दाङ क्षेत्र नं. १ ले जनाएको छ ।

अध्यक्षमा बुढाथोकीले ११ हजार ५ सय ४७ मतमा ३९८० मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चक्रबहादुर खड्काले ३ हजार १ सय ६७ मत पाएका गरेका छन् ।

बुढाथोकी र खड्काबीच ८ सय १३ मतको अन्तर रहेको थियो ।

कांग्रेसका अध्यक्षमा निर्वाचित बुढाथोकीलाई हराउन कांग्रेसकै एउटा सानो अन्तरघाती समूह लागेको थियो । अन्तरघातीहरूको षड्यन्त्र चिरेर बुढाथाकीले जित हातपारेका छन् ।

एमालेका कुलराज गिरीले २ हजार ९ सय २२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा यादबले ३ हजार ८ सय ३६ मत पाएकी छिन् ।

निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार पुष्पा यादबले ३ हजार ३ सय ४८ मत पाएकी छिन् ।

राजपुर गाउँपालिकामा जम्मा ११ हजार ६ सय ४७ मत रहेको छ ।

Published : Monday, 2022 May 16, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया