राप्तीमा उमेशले कांग्रेसको बीउ बचाए, अन्तरघातीहरूले पालिका कम्युनिस्टलाई बुझाए

मसुरिया । दाङको राप्ती गाउँपालिकाको वडा नं. ३ मा नेपाली कांग्रेसबाट उमेश अधिकारी निर्वाचित भएका छन् ।

सोमबार आएको नतिजाअनुसार अधिकारीले आफ्ना प्रतिद्वन्द्वी माओवादीका तुला गिरीलाई पराजित गरेका हुन् ।

कांग्रेसका अधिकारीले माओवादीका गिरीलाई ६ मतले हराएका हुन् ।

वडाध्यक्षमा निर्वाचित भएर अधिकारीले राप्ती गाउँपालिकामा कांग्रेसलाई शून्य हुनबाट बचाएका छन् । वडामा अधिकारी मात्रै निर्वाचित भएका छन् । कांग्रेसका अरु चार जना सबै सदस्य पराजित भएका छन् ।

राप्ती गाउँपालिकामा माओवादी केन्द्र अध्यक्ष र उपाध्यक्षमा जितको नजिक पुगेका बेला कांग्रेसले एउटा वडाध्यक्षमा जित हासिल गरेको छ ।

अरु सबै वडाहरू माओवादी र एमालेले जित हातपारेका छन् ।

राप्ती गाउँपालिकामा अघिल्लो पटक कांग्रेसले जितेको थियो । यस पटक टिकट वितरणमा केही नेताहरूको व्यक्तिगत स्वार्थले गर्दा राप्तीमा कांग्रेसलाई ठूलो धक्का लागेको छ ।

गाउँपालिकाको अध्यक्षमा जगदम्बा चौधरीले एक्लो प्रयासमा माओवादी र एमालेसँग संघर्ष गरेकी छिन् । उनको व्यक्तिगत प्रयासले दोस्रो पोजिशनमा आएकी छिन् ।

उपाध्यक्षमा हरि भुसाललाई टिकट दिइएको थियो ।

पार्टीमा सिनियर र लोकप्रिय नेताहरूलाई टिकट नदिएर जुनियर नेतालाई टिकट दिएका कारण पनि कांग्रेसलाई नोक्सानी भएको हो ।

बुद्धिप्रकाश चौधरीलाई यस पटक गाउँपालिकाको अध्यक्ष दिने लिखित सहमति थियो । त्यो सहमतिलाई यस पटक लागू नगरेर जुनियर नेताहरूलाई टिकट दिएको कार्यकर्ताको भनाइ छ ।

कांग्रेसका अरुले उम्मेदवारहरूले भोट तान्न सकेनन् । व्यक्तिगत आचरणमा दाग लागेका नेताहरूलाई बलजफ्ती टिकट दिएका कारण पनि कांग्रेसलाई नोक्सानी भएको टिप्पणी छ ।

राप्ती कांग्रेसका केही नेताहरूले जगदम्बालाई ठूलो असहयोग गरेका छन् । अन्तिम दिनको विशाल र्‍यालीमा नाम चलेका राप्ती कांग्रेसका नेताहरू देखिएनन् । आएका नेताहरू पनि बीच बाटोबाटै फरार भएका थिए ।

प्रचार प्रसारका क्रममा पनि उनी एक्लै जाने गरेकी थिइन् । अन्तरघात र असहयोगले गर्दा कांग्रेसले राप्ती गुमाएको छ ।

Published : Monday, 2022 May 16, 6:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया