आलेले राखेको कार्यक्रममा बोलेको कसैले पनि बुझेनन्, नरेन्द्र मोदी चकित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको कमजोर र फितलो व्यवस्थापनका कारण पाहुनाहरूले मञ्चमा बालेको कुरा सुन्न सकिएका छैन ।

सोमबार लुम्बिनीमा २५६६औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०७९ का अवसरमा विशेष कार्यक्रम भएको थियो । कार्यक्रममा राखिएको साउण्ड सिस्टम निकै झुर खालको राखिएपछि मन्त्री आलेको आलोचना भएको छ ।

आफ्ना कर्मचारीहरूलाई तथानाम गाली गलौज गरेर चर्चित बनेका आलेले अन्तर्राष्ट्रिय कार्यक्रम हुँदा ध्यान नदिएपछि उनको आलोचना भएको छ ।

साउण्ड सिस्टम निकै कमजोर र सस्तो खालका राखेका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले माइकमा बोलेको कुरा दर्शक स्रोतले बुझेका थिएनन् ।

मन्त्री आलेको कमजोर व्यवस्थापन र काम चोरी कर्मचारीहरूले गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हलको कार्यक्रम निकै खल्लो बनेको थियो ।

Published : Monday, 2022 May 16, 4:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया