डोल्पाको ठूलीभेरीमा कांग्रेसले झण्डा गाढ्यो, एमाले सबैभन्दा पुच्छारमा

डोल्पा । डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका स्वर्णबहादुर बुढाले जितेका छन् ।

बुढाले १ हजार २८६ भोट ल्याएर मेयरमा विजयी भएको कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले जानकारी दिएका छ ।

कांग्रेससँग निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका कर्णबहादुर रोकाया पराजित भएका छन् । रोकायाले ९४५ मत पाएका छन् ।

माओवादी केन्द्रका मेयरका उम्मेदवार वीरेन्द्रकुमार डाँगीले ७३३ मत पाएका छन् । एमालेका पूर्णबहादुर डाँगीले ४९२ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसकी छिरिङ टोल्मा महत विजयी भएकी छिन् । महतले ८४८ मत ल्याएर विजयी भएकी हुन् ।

महतका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विरमलकुमार भण्डारीले ६८६ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार नरबहादुर बुढाले ६५६, माओवादी केन्द्रकी चन्दा रोकायाले ६३४, एमालेकी रेखा कुमारी रोकायाले ५०३ र एकीकृत समाजवादीकी मेनुका भण्डारीले ४०० मत ल्याएकी छिन् ।

यसैबीच, ठूलीभेरी नगरपालिकाको वडा नं. ९ वडाध्यक्षमा कांग्रेसकै सुवास कठायत अध्यक्षमा निर्वाचत भएका छन् ।

ठूलीभेरीमा निर्वाचित भएका कांग्रेसका सबै उम्मेदवारहरूलाई केन्द्रीय सदस्य कर्णले बधाई तथा शुभकामना दिएका छन् ।

बुढाले जितसँगै जनताका काम गरेर अर्को पटकका लागि बाटो बनाउन आग्रह गरेका छन् । उनले जितमा नमात्तिन पनि आग्रह गरेका छन् ।

Published : Monday, 2022 May 16, 3:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया