रामहरि खतिवडाको गाउँपालिकामा कांग्रेस के भयो ? ओलढुंगामा जिल परे कम्युनिस्टहरू

मानेभञ्ज्याङ । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा नेपाली कांग्रेसले शानदार रुपमा जित हासिल गरेको छ ।

सोमबार बिहान सार्वजनिक भएको नतिजाअनुसार अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली विजयी भएको कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाका स्वकीय सचिव हुकुम राईले जानकारी दिएका छन् ।

निर्वाचन कार्यालयले अन्तिम नतिजा सार्वजनिक गरेको छैन । अझै केही मतगणना गर्न बाँकी छ । बाँकी मत प्रतिद्वन्द्वीहरूलाई सबै लैजाँदा पनि जित्ने अवस्था नरहेको राईले बताए ।

उपाध्यक्षमा आश्रचन राई विजयी भएका छन् । रुम्दाली धारा चुनाव चिन्ह लिएर अध्यक्षमा उम्मेदवार बनेका थिए ।

रुम्दाली कांग्रेसकै नेता हुन् । प्राविधिक कठिनाइ भएपछि रुम्दालीले धारा चुनाव चिन्ह पाएका थिए ।

मानेभञ्ज्याङ गाउँपालिका कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाको घर रहेको पालिका पर्छ ।

खतिवडाले आफ्नो गाउँपालिकासहित जिल्लाभरि कांग्रेसका उम्मेदवारहरूलाई अत्याधिक मतसहित विजयी बनाएका छन् ।

ओखलढुंगा जिल्लाका अधिकांश पालिकाहरूमा कांग्रेस जितका नजिक पुगेको छ । विगतमा एमालेले जितेका वडा पनि कांग्रेसले धमाधम जितेको छ ।

Published : Monday, 2022 May 16, 10:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया