ओलीले मतदान गरेकै वडामा एमालेको पत्तासाफ, कांग्रेसको शानदार जित

भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको वडा नं. २ मा नेपाली कांग्रेसले जितेको छ ।

वडाध्यक्षका उम्मेदवार प्रदीप कार्कीको प्यानल नै विजयी भएको भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले जानकारी दिएका छन् ।

कांग्रेसका वडाध्यक्ष कार्कीले १ हजार ५ सय ११ मत प्राप्त गरेर विजयी भएका हुन् ।

कार्कीका निकटतम प्रतिद्वन्द्वी एमालेका विश्वराज विष्टले १ हजार ३ सय ५ मत प्राप्त गरेका थिए ।

यो वडामा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीको घर छ । ओलीले यही वडामा स्थानीय तहको निर्वाचनका बेला मतदान गरेका थिए ।

आफैले मतदान गरेको वडालाई एमालेका अध्यक्ष ओलीले बचाउन सकेनन् ।

अघिल्लो पटक पनि कांग्रेसले यो वडा जितेको छ ।

Published : Monday, 2022 May 16, 9:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया