सुनिल थापाले धनकुटामा एमालेको किल्ला भत्किइदिए, कांग्रेसले लालकिल्लाबाट खाता खोल्यो

धनकुटा । धनकुटा जिल्लामा नेपाली कांग्रेसले छथर जोरपाटी गाउँपालिका जितेर खाता खोलेको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा धनकुटामा कांग्रेसले कुनै पनि पालिका जित्न सकेको थिएन । अधिकांश पालिका एमालेले जितेको थियो ।

छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार छत्र सुब्बा विजयी भएको धनकुटा कांग्रेसका सभापति दिनेश राईले जानकारी दिएका छन् ।

उपाध्यक्षमा माओवादीकी गीता खेवा विजयी भएकी छिन् ।

यो गाउँपालिकामा गठबन्धनले शानदार मतका साथ जितेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाको जिल्ला धनकुटामा कांग्रेसले कम्युनिस्ट गढा मानिने गाउँपालिकामा जितेर खाता खोलेको छ ।

नेता थापाको प्रयास र स्थानीय नेता कार्यकर्ताहरूको साथ समर्थनमा कांग्रेसले एमालेलाई हराएर कांग्रेसको चारतारे झण्डा गाढ्न सफल भएको धनकुटा कांग्रेसले जनाएको छ ।

Published : Monday, 2022 May 16, 7:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया