पिस्कर काण्डले चर्चित कम्युनिस्टको पवित्र वडा कांग्रेसले जितेर इतिहाँस ब्रेक गर्यो

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका– ४ पिस्करमा नेपाली कांग्रेसले चारतारे झण्डा गाढेको छ ।

सोमबार बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले दिएको जानकारी अनुसार कांग्रेसले वडाध्यक्षमा जित हात पारेको छ ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवार गुबाजु शानदार मतका साथ विजयी भएका हुन् ।

पिस्कर काण्डले चर्चित यो गाउँमा कांग्रेसले यसअघि कहिल्यै पनि जितेको थिएन । पिस्कर गाउँमा कांग्रेसले पहिलो पटक जितेर इतिहाँस रचेको छ ।

यो वडा एमालेका नेता अमृत बोहरा र नेतृ अष्टलक्ष्मी शाक्यको घर रहेको वडा हो । अमृत र अष्टलक्ष्मीले आफ्नै वडा बचाउन सकेनन् ।

Published : Monday, 2022 May 16, 7:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया