सोमबार बिहान काठमाडौंमा बालेनको अवस्था के छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ५ हजार मत नघाएका छन् ।

सोमबार बिहान ६ बजेसम्म १४ हजार ३२६ मतपत्रको गणना सम्पन्न हुँदा बालेनले ५ हजार ४४६ मत पाएका छन् ।

बालेनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले २ हजार ९५२ मतका साथ पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंह २ हजार ५७७ मतसहित तेस्रो स्थानमा छिन् ।

काठमाडौंका २, ३, ४, ३१ र ३२ नम्बर वडामा खसेको मतपत्रको गणना चलिरहेको प्रतिनिधिहरूले जनाएका छन् ।

Published : Monday, 2022 May 16, 7:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया