काठमाडौंमा बालेनसँग मुर्छा पर्न थाले स्थापित र सिंह

काठमाडौं । काठमाडौ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले मतगणनाको आइतबार पनि अग्रता राखेका छन् ।

बालेनले प्रतिद्वन्द्वीलाई २ हजार मतले उछिनेका छन् ।

उनले आइतबार साँझसम्म ४ हजार १३९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

एमालेका मेयरका उम्मेदवार केशव स्थापितले २ हजार १ सय ४८ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।

उनले १ हजार ९ सय ३४ मत प्राप्त गरेकी छिन् ।

काठमाडौंको उप–मेयरमा पनि मतगणना सुरु भएदेखिनै निरन्तर रुपमा एमालेकी सुनिता डंगोल अगाडि छिन् । उनले आइतबार साँझसम्म ३ हजार ५ सय ९१ मत प्राप्त गरेकी छिन् ।

उप–मेयरको दोस्रो स्थानमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ छन् ।

बालेनले काठमाडौंमा ल्याएको मतबाट स्थापित र सिंहलाई तनाब भएको छ ।

Published : Monday, 2022 May 16, 12:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया