बामदेवको जिल्लामा कांग्रेसले एमालेलाई बढार्न लाग्यो

बर्दिया । बर्दिया जिल्लाका आठ पालिकामध्ये चारवटामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

एमालेले एउटामा अग्रता लिएको छ । चार वटा पालिकामा एकीकृत माओवादी दोस्रो स्थानमा छ । एउटामा एमाले दोस्रोमा छ ।

गेरूवा गाउँपालिकामा कांग्रेसका मेयर उम्मेदवार जमानसिं केसीले २ हजार ७ सय ३८ मत पाएको नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले जानकारी दिएका छन् ।

केसीलाई पछ्याइरहेका माओवादी मेयर उम्मेदवार विश्वबहादुर थारूले २ हजार ४ सय २९ ल्याएका छन् ।

मधुवन नगरपालिकामा कांग्रेसका मेयर उम्मेवार तेजबहादुर भाटले ४ हजार ६ सय ३२ र माओवादीका मेयर उम्मेदवार लक्ष्मीप्रसाद शर्माले ३ हजार ७ सय ६३ ल्याएका छन् ।

गुलरिया नगरपालिकामा कांग्रेसका मुक्तिनाथ यादवले ३ हजार ४ सय ५० मत पाएका छन् ।

यादवलाई पछ्याइरहेका एमालेका मेयर उम्मेदवार अमरबहादुर खड्काले ३ हजार ७३ ल्याएका छन् ।

बारबर्दिया नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार छविलाल थारूले ५ हजार ९ सय ९१ मत पाएका छन् । थारूलाई पछ्याइरहेका माओवादी केन्द्रका मेयर उम्मेदवार दशरथ अगलपथ थारूले ४ हजार २ सय १० ल्याएका छन् ।

बासगढी नगरपालिकामा एमाले मेयर उम्मेदवार खडकबहादुर खड्काले ३ हजार ५ हजार ६३ मत पाएका छन् । खड्कालाई माओवादी केन्द्रका मेयर उम्मेदवार भवनकुमार थारूले ३ हजार २ सय २८ ल्याएका छन् ।

बर्दियाका राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँपालिकाको मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छैन ।

बर्दियाका पालिका अधिकांश वडाहरूमा कांग्रेसले जित हासिल गरेको तिमिल्सिनाको भनाइ छ ।

बर्दिया जिल्ला कम्युनिस्ट नेता बामदेव गौतमको गृहजिल्ला पर्छ । कांग्रेससँग प्रतिनिधि सभामा गौतम पराजित भएपछि राष्ट्रिय सभाको सांसदमा मनोनीत भएपछि एमालेको राजनीति छाडेका छन् ।

Published : Monday, 2022 May 16, 12:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया