तनाबमा परिन् रेनु दाहाल

भरतपुर । चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले झिनो अग्रता कायम राखेकी छिन् ।

प्रतिनिधिहरूले दिएको बेलुका सात बजेको अनौपचारिक जानकारी अनुसार दाहालले २ हजार ४ सय २५ मत पाएकी छिन् ।

एमालेका विजय सुवेदीले २ हजार ४ सय २३ मत पाएका छन् । एमालेका उम्मेदवार सुवेदीले दाहालसँगको मतान्तर घटाएका छन् । एमालेका विजयले मतको अन्तर घटाउँदै लगेपछि रेनु तनाबमा परेकी छिन् ।

रेनुभन्दा विजय जम्मा २ मतले मात्रै पछि छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७९५ मत पाएका छन् ।

Published : Sunday, 2022 May 15, 11:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया