सिन्धुपाल्चोकमा कम्युनिस्टमा पहिरो जाने गरी कांग्रेसले जित्न थाल्यो, पूरै जिल्लाभरि कमाल

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. २ मा पनि नेपाली कांग्रेसले जितेको छ ।

बाह्रबिसे नगरपालिका वडा नं २ मा काङ्ग्रेसको तर्फबाट वडाध्यक्षमा उम्मेदवार बनेका रेशम तामाङको पूरै प्यानल अत्यधिक मतका साथ विजयी भएको कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जनाएका छन् ।

नगर प्रमुख र उपप्रमुखमा काङ्ग्रेसको तर्फबाट बालकृष्ण बस्नेत र मन्जु तामाङले अग्रता कायम गरेका छन् ।

जुगल गाउँपालिका वडा नं १ मा नेपाली काङ्ग्रेसको तर्फबाट वडाध्यक्षमा जनक तामाङले जित हात पारेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ मा नेपाली काङ्ग्रेसको तर्फबाट सीताराम थापाको प्यानलले अत्यधिक मतका साथ जित हासिल गरेको छ ।

हेलम्बु गाउँपालिकाको अधिकाशं वडामा नेपाली काङ्ग्रेसले अग्रता कायम गरेको छ । प्रमुखमा निमा ग्यालजेन शेर्पाको अग्रता कायम रहेको छ ।

Published : Saturday, 2022 May 14, 5:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया