कृष्णनगरमा एमालेका मेयरका उम्मेदवारको गुण्डागर्दी, कांग्रेस नेतालाई गोली ठोकेर ज्यान लिने धम्की

कृष्णानगर । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले कृष्णनगर नगरपालिकाको एमालेका मेयरका उम्मेदवार कुनलप्रताप शाहको हर्कतको विरोध गरेका छन् ।

कांग्रेस नेता शाहले शुक्रबार विज्ञप्ति जारी गरेर कुनलले वडा नं. ४ मा कांग्रेसका राकेशमणि त्रिपाठीलाई अश्लील गौलीगलौज गर्नुका साथै गोल ठोकेर हत्या गर्ने धम्की दिएको बताएका छन् । शाहले त्रिपाठीको जीवन रक्षाका लागि स्थानीय प्रशासनसँग माग गरेका छन् ।

एमालेका उम्मेदवार कुनलले शुक्रबार बालानगरमा अभिषेकप्रताप शाह र रजतप्रताप शाहले भारतीय गण्डा ल्याएर आफूमाथि आक्रमण गराएको आरोप लगाएका थिए ।

कांग्रेस नेता अभिषेकप्रताप शाहले आरोपको खण्डन गर्दै एमालेका नेवतवा कुनलले नै त्रिपाठीको कठालो समातेर कुटपिट गर्न खोजेपछि स्थानीयले जीवन रक्षाको माग गरेका छन् ।

Published : Saturday, 2022 May 14, 7:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया