भरतपुरमा रेनुले जित्ने प्रक्षेपण, कांग्रेसको बहुमत आउने पक्का

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले जित हासिल गर्ने प्रक्षेपण भएको छ ।

राजनीतिक विश्लेषकहरुले दाहालले नै जित हासिल गर्ने दाबी गरेका छन् । नेपाली कांग्रेसको समर्थनमा मेयरमा उम्मेदवार बनेकी रेनुलाई मतदाताहरुले मतदान गरेको चर्चा छ ।

एमालेबाट मेयरमा उम्मेदवार बनेका विजय सुवेदीले जित्ने निकै झिनो आशा छ । एमालेले देवी ज्ञवालीलाई टिकट नदिएर सुवेदीलाई दिएको थियो । ज्ञवालीले टिकट पाएको भए रेनुका लागि समस्या हुने थियो । ज्ञवालीसहितका धेरै नेताहरु एमालेको नेतृत्वसँग रुष्ट छ ।

नेपाली कांग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलले पनि जित्ने सम्भावना छैन । कांग्रेसबाट बागी बनेर अराजक शैलीमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेललाई केही भोट पक्कै पनि आउनेछ । जितका लागि त्यो पूरा हुनेछैन ।

भरतपुरमा रेनुले दोस्रो पटक मेयरमा जितेर इतिहाँस रच्नेछिन् । नेपाली कांग्रेसले भरतपुरमा बहुमत पाउनेछ । उपमेयर, वडाध्यक्ष र सदस्यहरुमा कांग्रेसले जित्नेछ । कांग्रेसको तर्फबाट उपमेयरमा चित्रसेन अधिकारी उम्मेदवार बनेका छन् ।

Published : Saturday, 2022 May 14, 6:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया