मत पत्र च्यातेको आरोपमा स्थानीयले मेयरका उम्मेदवारलाई कुटेर घाइते बनाए
तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई कुटपिट भएको छ ।
शुक्रबार कुटपिटपछि घाइते भएका जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ । उनको दमौली अस्पतालमा सामान्य उपचार भएको छ । जोशीको टाउकोमा गम्भीर चोट लागेको छ ।
हेलिकप्टरबाट काठमाडौं लैजाने भने पनि खराब मौसमका कारण हेलिकप्टर आउन नसकेपछि जोशीलाई सडक मार्ग हुँदै पोखरा लगिएको छ ।
ब्यास नगरपालिकाको वडा नं. ८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका बेला जोशीमाथि आक्रमण भएको थियो ।
जोशीले नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन् ।
कांग्रेसले भने जोशीले मतपत्र च्यातेपछि स्थानीय बासिन्दाले नै आक्रमण गरेको बताएको छ ।
कांग्रेसविरुद्ध एमालेसँग मिलेर स्वतन्त्र रुपमा मेयरमा उम्मेदवारी दिएका जोशीलाई कांग्रेसले निम्बन गरेको थियो । उनका बुबा गोविन्दराज जोशीलाई कांग्रेसले पार्टीबाट निस्काशन समेत गरिसकेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया