एमाले मेयरकी पत्नीलाई कांग्रेसका कार्यकर्ताले ठाउँको ठाउँ फेला पारे

बुटवल । मौन अवधिमा एमालेबाट बुटवल उपमहानगरपालिकाको मेयरको उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराई बुधबार दिउँसो सुकुम्बासी बस्तीमा पुगेपछि नेपाली कांग्रेसका कांग्रेस कार्यकर्ता विरोध गरेका छन् ।

कांग्रेसका नेता काय{कता{ले नाराबाजी गरेर विरोध गरेपछि प्रहरीले भट्टराईको उद्धार गरेको छ ।

भट्टराई बुटवल उपमहानगरपालिका–११ मजुवाको को सुकुम्बासी वस्तीमा पुगेपछि मत प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न आएको भन्दै कांग्रेस कार्यकर्ताले होहल्ला र नाराबाजी गरेका हुन् ।

बुधबार दिउँसो प्रहरी पुगेपछि प्रहरीले उनलाई स्थानीय सिर्जना भूसालको घरमा फेला पारेको थियो ।

मजुवा टोलस्थित सिर्जना भूसालको छिमेकीको घरमा अन्य तीनजना महिलासहित पुगेकी भट्टराई कांग्रेस कार्यकर्ताले होहल्ला गरेपछि सिर्जनाको घरमा बसेकी थिइन् ।

मौन अवधिमा एमालेका उम्मेदवारहरु विभिन्न स्थानमा मत माग्न र पैसा बाँड्न हिँडेको भनेर आरोप लागेका बेला बुटवलमा एमालेका मेयरका उम्मेदवारकी पत्नी सुकुम्वासी बस्तीमा मतदातालाई पैंसा बाँडेर प्रभावित बनाउन खोजेको आरोप छ ।

Published : Thursday, 2022 May 12, 8:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया