दुई ठूला महानगरमा रेनु र सिर्जनालाई पाएका छौँ, उहाँहरूलाई जिताऔँ : महालक्ष्मी उपाध्याय

भरतपुर । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले भरतपुर महानगरपालिकाका मतदाताले रेनुको टिमलाई मतदान गरेर जिताउने बताएकी छिन् ।

बिहीबार भरतपुरमा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस नेतृ उपाध्यायले मेयर, उप–मेयर, वडाध्यक्ष र सदस्यहरूलाई मतदाताले मतदान गरेर विजयी बनाउने बताइन् ।

उनले भोलिका दिनमा पनि गठबन्धन आवश्यक रहेको भन्दै स्थानीय तहको गठबन्धनले आगामी दिनमा केन्द्रीय सरकार बनाउने बाटो खोल्ने बताएकी छिन् ।

नेतृ उपाध्यायले भरतपुरमा रेनु दाहाल र काठमाडौंमा सिर्जना सिंहलाई मेयरका रुपमा पाएको भन्दै खुसी व्यक्त गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘छ वटा महानगरमा दुई वटामा मेयरका रुपमा महिला पाएका छौँ । सबैलाई जिताउनुपर्छ ।’

Published : Thursday, 2022 May 5, 2:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया