डोल्पामा कांग्रेसको चुनावी कार्यक्रम, नेता बुढाद्वारा ‘रुख’मा छाप लगाउन आग्रह

ठूलीभेरी । डोल्पा जिल्लामा नेपाली कांग्रेसले घरदैलो र चुनावी कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढासहित जिल्लाका नेताहरूले बुधबार पवित्र धर्मिकस्थल खर्शुडाली मन्दिरको दर्शन गरेर सुरुवात गरिएको हो ।

डोल्पाको ठूलीभेरी नगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार सुवर्णकुमार बुढा, उप–मेयरकी उम्मेदवार छिरिङ टोल्मा महतसहितका उम्मेदवार रहेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारलाई मतदान गरेर विजयी बनाउन आग्रह गरेका छन् ।

डोल्पामा स्थानीय तहको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवारहरूलाई जिताउने तयारी गरेको छ । त्यसका लागि नेताहरू प्रचार प्रसारमा लागेका छन् ।

केन्द्रीय सदस्य बुढा आफै कांग्रेसका उम्मेदवारहरूलाई जिताउन गाउँ–गाउँमा खटिएर मत मागेका छन् ।

Published : Wednesday, 2022 May 4, 11:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया