झुठ बोल्ने कम्युनिस्टहरू देउवाको कुराले जिल परे, कांग्रेसको संस्कार अनुशरण गर

विराटनगर । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनलाई चित्त बुझे पनि नबुझे पनि जिताउन आग्रह गरेका छन् ।

बुधवार विराटनगरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनमा कुनै किसिमको शंका उपशंका गर्न नहुने बताए ।

‘राष्ट्रिय आवश्यकताअनुसार बनेको गठबन्धन हो’, उनले भने, ‘कांग्रेसले धोका दिँदैन, बरु धोका खान्छ । त्यहीअनुसार अगाडि बढ्नुपर्छ ।’

उनले भने, ‘कांग्रेसको नेतृत्वमा गठबन्धन सञ्चालन भएको छ । गठबन्धनलाई धोका दिन हुँदैन । कांग्रेस पार्टीले कसैलाई धोका दिँदैन है । बरु कांग्रेस पार्टी धोका खाएको होला, धोका दिँदैन । त्यसकारण कांग्रेसको टाउकोमा धोकेबाज भन्ने ब्लेम नलागोस् ।’

उनले अहिलेको पाँच दलीय गठबन्धन राष्ट्रिय आवश्यकताअनुसार बनेको बताएका छन् ।

‘तपाईहरूलाई थाहा होला । म चाहँदैनथेँ, सबैले ओलीलाई हटाउनु पर्‍यो भनेपछि म लागेको हुँ । मलाई प्रधानमन्त्री बन्ने रहरै थिएन’, देउवाले भने, ‘सबै साथीहरूले सहयोग गरेपछि म भएको हो । आज कुनै डर त्रास छैन । त्यसबेला ओलीको खिलापमा बोल्न र पत्रकारहरू लेख्न समेत डराउँथे ।’

निर्वाचनपछि आफ्नो नेतृत्वको सरकार बनेपछि ६५ वर्षमा वृद्धभत्ता दिने व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘पहिला पनि मैले ६५ वर्षमै वृद्धभत्ता दिने व्यवस्था गरेको थिए’, देउवाले भने, ‘ओली सरकारले त्यसलाई स्वीकार गरेन ।’

उनले भने, ‘कांग्रेस एक्लैको बहुमत आउन सक्दैन । त्यसैले गठबन्धनलाई अगाडि लानुपर्छ ।’

एमालेले ७० वर्षमा वृद्धभत्ता दिएको भन्दै उनले आफूहरूको सरकार आए ६५ वर्षमा नै वृद्धभत्ता दिने बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्न गठबन्धन आवश्यक भएको बताएका छन् ।

विराटनगर राजनीतिको सन्देश दिने स्थान भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन पौडेलले आग्रह गरेका छन् ।

चुनावी सभालाई सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, डा.मीनेन्द्र रिजाल, शेखर कोइराला लगायतले सम्बोधन गरेका थिए ।

Published : Wednesday, 2022 May 4, 5:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया