कम्युनिस्ट ढाल्न कांग्रेसले १० वटा सभा गर्ने, देउवा–पौडेल–गगन–विश्व–डा.महतले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा प्रचार प्रसारका लागि विभिन्न १० स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने नेताहरूको सूची र कार्यक्रम सार्वजनिक गरेको छ ।

कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयानुसार खुला सभा आयोजना तय गरिएको छ ।

ती सभाहरूमा पार्टीका सभापति, नेता एवं पदाधिकारी लगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सबै सभाहरूको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरूले गर्नेछन् ।

वैशाखको २१ गते मोरङको विराटनगरमा खुला सभा हुनेछ । सभालाई प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा, महामन्त्री लगायत अन्य वक्ताहरूले सम्बोधन गर्नेछन् ।

वैशाख २२ गते चितवनको भरतपुरमा सभा राखिएको छ । सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल, सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ लगायत अन्य वक्ताहरूले सम्बोधन गर्नेछन् ।

वैशाख २३ गते काठमाडौंमा सभा हुनेछ । सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल लगायतका अन्य वक्ताहरूले सम्बोधन गर्नेछन् ।

४ वैशाख २४ गते बिहान ११ बजे रुपन्देहीको बुटवल) सभा हुनेछ । सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री गगनकुमार थापा लगायतका अन्य वक्ताहरूले सम्बोधन गर्नेछन् ।

वैशाख २४ गते दिउँसो साढे १२ बजे तनहुँको दमौलीमा सभा हुनेछ । सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल, प्रवक्ता डा.प्रकाशशरण महत लगायत अन्य वक्ताहरूले सम्बोधन गर्नेछन् ।

वैशाख २४ गते दिउँसो २ बजे धनुषाको जनकपुरमा सभा हुनेछ । सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल, सह–महामन्त्री भीष्मराज आङ्दम्बे, सह–महामन्त्री

महेन्द्र यादव लगायतका अन्य वक्ताहरूले सम्बोधन गर्नेछन् ।

वैशाख २५ गते बिहान ११ बजे कास्कीको पोखरामा सभा हुनेछ । सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल, उप–सभापति धनराज गुरुङ, सह–महामन्त्री जीवन परियार लगायतका अन्य वक्ताहरूले सम्बोधन गर्नेछन् ।

वैशाख २५ गते दिउँसो २ बजे दाङको तुलसीपुरमा सभा हुनेछ । सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल, सह–महामन्त्री किशोरसिंह राठौर लगायतका अन्य वक्ताहरूले सम्बोधन गर्नेछन् ।

वैशाख २६ गते कैलालीको धनगढीमा सभा हुनेछ । सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल, सह–महामन्त्री फरमूल्लाह मंसुर लगायतका अन्य वक्ताहरूले सम्बोधन गर्नेछन् ।

वैशाख २७ गते डडेल्धुरामा सभा हुनेछ । सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल, सह–महामन्त्री बद्री पाण्डे लगायत अन्य वक्ताहरूले सम्बोधन गर्नेछन् ।

Published : Tuesday, 2022 May 3, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया