कांग्रेसबाट उपाध्यक्षसहित १०१ जना निर्विरोध, एमालेका कति छन् निर्विरोध ?

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनका क्रममा उपाध्यक्षसहित १०१ जना निर्विरोध भएका छन् ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार कांग्रेसको तर्फबाट एक जना उपाध्यक्षमा निर्विरोध बनेका छन् । यो तथ्याङ्क सोमबारसम्मको हो । आयोगले निर्विरोध हुनेको संख्या अझै बढ्न सक्ने जनाएको छ ।

कांग्रेस १४ वटा वडाध्यक्षमा निर्विरोध भएको छ । ३१ जना सदस्य, २३ महिला सदस्य तथा दलित महिला सदस्यमा ४० जना कांग्रेसका उम्मेदवारहरू निर्विरोध भएका छन् ।

आयोगले कांग्रेसका १०१ जना उम्मेदवारहरू निर्विरोध भएको उल्लेख गरेको छ ।

स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय निर्वाचन २०७४ मा भने ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।

निर्विरोध निर्वाचित हुनेमा कांग्रेस नेतृत्वको गठबन्धनबाट १९० जना छन् ।

माओवादी केन्द्रका ५४, नेकपा (एकीकृत समाजवादी)का ३४ तथा जनता समाजवादी पार्टी नेपालका एक उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

एमालेका १२३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । एमालेको तर्फबाट अध्यक्षमा १ र उपाध्यक्ष २ जना निर्विरोध भएका छन् ।

वडाध्यक्ष १४, वडा सदस्यमा २६, महिला सदस्य २३ र दलित महिला सदस्य ५७ जना निर्विरोध भएका छन् ।

कांग्रेसभन्दा एमाले २३ सिटले धेरैमा निर्विरोध भएको छ ।

Published : Tuesday, 2022 May 3, 9:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया