तुलसीपुर– ११ मा एमालेका वडाध्यक्षका उम्मेदवारको यस्ता छन् काण्डै काण्ड

तुलसीपुर । दाङको तुलसीपुर उप–महानगरपालिका– ११ को निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका एमालेका नेतालाई लिएर चर्चा भएको छ ।

वडाध्यक्षमा नेपाली कांग्रेसबाट खिमबहादुर वली उम्मेदवार बनेका छन् । वली कांग्रेस क्षेत्र नम्बर ३ ‘ख’का सभापति हुन् ।

एमालेबाट वडाध्यक्षमा मानबहादुर रावत उम्मेदवार बनेका छन् । रावत एमालेका तुलसीपुर नगर इंञ्चार्ज हुन् ।

एमालेका वडाध्यक्षका उम्मेदवार रावत अलिक धेरै चर्चित छन् । समय–समयमा विभिन्न काण्डमा मुछिने एमालेका नेता रावतको चर्चा फरक खालको छ ।

रावतले केही महिना पहिले बाँकेस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूलाई कुटपिट गरी घाइते बनाएका थिए । उनको तान्डबको बिरोधमा राष्ट्रपति बिद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीदेखि सबै प्रमुख राजनीतिक दलका प्रमुखहरूले विज्ञप्ति नै निकालेर उक्त अपराधको विरोध गरेका थिए । रावतलाई कारबाहीको माग गरेका थिए ।

एमालेका नेता रावत राजनीतिक पहुँचका कारण करीव एक महिना जेल सजाए भोगेर निस्किएका हुन् ।

त्यो घटना सेलाउन नपाउँदै रावत जुवा काण्डमा तुलसीपुरस्थित ईलाका प्रहरी कार्यालयको थुनामा परेका थिए । त्यहाँ पनि राजनीतिक पहुँचका कारण राउतलाई मुक्ति दिइयो । जुवा काण्डमा राउत थुनामा आउने र जाने कुरालाई प्रहरीले समेत सामान्य रुपमा लिन थालिसकेका छन् ।

राउतले करीव दश वर्ष स्थानीय तहमा जागिर गरेका हुन् । तुलसीपुरका मेयर घनश्याम पाण्डेको सचिवालयमा बसेर रावतले काम गरेका छन् । सचिवालयमा काम गर्दा राउत पटक–पटक विवादमा आएका थिए ।

उनले सोहि वडामा काम गर्दा महिला सेवाग्राहीहरूलाई ब्ल्याक मेल गरेको आरोप पनि लागेका थिए ।

अन्तिम पटक ऊनी एक महिला जनप्रतिनिधिमाथि हिंसा गरेको आरोप लागेपछि जागिर नै छोडनु परेको थियो ।

पार्टीकै एक महिला नेतृमाथि बलात्कार गरेको आरोप लागेपछि लामो समय राउतले मुद्दा खेप्नु परेको थियो । पछि उनले उन्मुक्ति पाएका थिए ।

Published : Tuesday, 2022 May 3, 9:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया