लिखुमा एमालेबाट अध्यक्षका उम्मेदवार बनेका विष्टको कीर्ते काण्ड, प्रहरीले हातहाल्यो

लिखु । ओखलढुंगाको लिखु गाउँपालिकामा एमालेबाट अध्यक्ष पदमा उम्मेदवार बनेका होमबहादुर विष्टविरुद्ध दोहोरो नागरिकता लिएको उजुरी परेको छ ।

विष्टले ओलखढुंगा र काठमाडौंबाट अलग–अलग नाममा दोहोरो नागरिकता लिएको दाबीसहित उजुरी परेको हो ।

दुई जिल्ला प्रशासन कार्यालयबाट फरक–फरक नाममा जारी भएका नागरिकताको फोटोकपीसहित जिल्ला प्रहरी कार्यालयमा ओखलढुंगामा उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले एमालेका नेता विष्टको नागरिकताको छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

विष्टले ओखलढुंगाबाट पहिलो पटक २०४७ असोज २९ गते १८३५/४५४ नम्बरको होमबहादुर बिष्टको नाममा नागरिकता लिइएको आरोप छ ।

उनले काठमाडौंबाट समेत २०५१ सालमा असार २१ गते मिलनकुमार विष्टको नामबाट नागरिकता लिइएको आरोप छ ।

Published : Tuesday, 2022 May 3, 8:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया